भारतलाई नेटो देशसमान दर्जा दिने



नयाँदिल्ली/वासिंगटन, (एजेन्सी)

अमेरिकी संसद्का दुई वरिष्ठ सिनेटसले हतियार नियन्त्रणसम्बन्धी आम्र्ड कन्ट्रोल्स एक्सपोर्ट एक्टमा संशोधनको प्रस्ताव सदनमा पेश गरेका छन्। उक्त संशोधनमा भारतलाई पनि नेटो देशको समान दर्जा दिने प्रस्ताव राखिएको छ।

यसले भारत इन्टरनेसनल ट्राफिक इन आम्र्स रेग्युलेसन लिस्टमा अमेरिकाको नेटो सहयोगी समान हुनेछ। यो संशोधन विधेयकले डेमोक्र्याट सिनेटर मार्क वार्नर र रिपब्लिकन सिनेटर जोन कार्निनले पेस गरेका हुन्।

यो विधेयकमा विदेशी सैन्य दस्ताको नियममा परिवर्तनको कुरा उठाइएको छ। यदि यसलाई संसद्बाट स्विकृती प्राप्त भएमा भारत अमेरिकाको सम्बन्धमा ठुलो प्रगति हुने यस मामिलाका एक विज्ञले बताए।यो संशोधन पारित भए पछि भारतलाई अमेरिकाबाट सैन्य कारबाहीका लागि आवश्यक हतियार तथा प्रविधि उपलब्ध हुन सक्छ।

अमेरिकी व्यवस्थामा दुई प्राविधिक नियन्त्रण सूची रहेका छन्। एउटा निर्यात प्रशासनिक नियामक हो, जसमा नागरिक तथा सैन्य प्रयोजनका लागि उपकरण आउँछ। अर्को सूची भनेको हतियार नियामकमा अन्तर्राष्ट्रिय ट्राफिक हो। पेन्टागनको मुख्य रक्षा साझेदारीमा सहभागी भएपछि भारतलाई अति संवेदनशील सैन्य सामग्री प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्