दिमागबाट नियन्त्रण हुने चिपको विकास



बेइजिङ, (एजेन्सी)

चीनमा हालै मात्र भएको वल्र्ड इन्टेलिजेन्स कांग्रेसमा मस्तिष्क पढ्ने चिपको प्रदर्शन गरेको छ। वैज्ञानिकहरूले यसको माध्यमबाट मानव आफ्नो सोचबाट स्मार्टफोनको नियन्त्रण गर्न सक्ने दाबी गरेका छन्।

उक्त चीपलार्ई ब्रेन टकर नाम दिएको छ। यो चिप मस्तिष्कको विद्युतीय तरंगबाट चल्छ। यो संकेतलाई कम्प्युटरका माध्यमबाट डिकोड गर्न सकिने बताइएको छ।

चिप बनाउने वैज्ञानिकहरूले यसबाट कम्प्युटर, स्मार्टफोन र अन्य यन्त्रमाथि नियन्त्रण गर्न सकिने बताएका छन्। यसबाट चिकित्सा, शिक्षा, सुरक्षा र मनोरञ्जनका क्षेत्रमा पनि प्रयोग गर्न सकिनेछ।
ब्रेन टकरलाई संयुक्त रूपमा तियान युनिभर्सिटी र चाइना इलेक्ट्रोनिक कर्पोरेसनले मिलेर बनाएको हो। चिप निर्माताहरूले यसको माध्यमबाट कुनै निर्देशन, हलचल वा बटन थिचेर स्मार्टफोन वा कम्प्युटरलाई नियन्त्रित गर्न सकिने बताउँछन्।

यो दिमागका लागि अत्यन्तै उपयोगी प्रमाणित हुने उनीहरूले बताए। किनभने उनीहरूले ती बिरामीहरूले सोचेको भरमा उसको ह्विलचियर हिँड्न थाल्छ। तियानजिन युनिभर्सिटीका डिन डाङ मिंगका अनुसार दिमागबाट कम्प्युटर नियन्त्रण गर्नु राम्रो भविष्य हो। बे्रन टकर चिप मस्तिष्क र कम्प्युटरबीच एक इन्टरफेस टेक्नोलोजीका रूपमा काम गर्नेछ।

प्रतिक्रिया दिनुहोस्