ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु



पष्कर बुढाथोकी, भक्तपुर ।
अरनिको राजमार्ग अन्तर्गत नलिनचोकमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा स्कुटर चालक ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ।

जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको ट्रिपरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प १२६६ नम्बरको स्कुटरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। मृतक श्रेष्ठ काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ घर भई हाल भक्तपुर सुर्यविनायक–८ सिपाडोलमा बस्दै आएका थिए ।

घटनामा घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । ट्रिपर चालक र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्