भारतीय रुपैयाँको अवैध कारोवारमा संलग्न चार जना पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जबाट प्रहरीले अवैध भारतीय रुपैयाँको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्जका कामेश्वर शाह कलवार, भारत बिहारको मुस्तफापुरका ४५ वर्षीय सहदेव महतो, समस्तीपुरका ४९ वर्षीय रामचन्द्र महतो र कमरावनका २४ वर्षीय सहदेव कुमार छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार कामेश्वरको साथबाट २७ हजार ८ सय ४० नेपाली रुपैयाँ तथा ३१ हजार ३ सय २० भारतीय रुपैयाँ फेला परेको थियो भने तीन जना भारतीयको साथबाट ३ लाख ३ हजार १ सय रुपैयाँ भेटिएको थियो ।

वीरगन्जको घण्टाघर छेउमै रहेको मार्केटमा सञ्चालित कामेश्वर भिडियो मिक्सिङ सेन्टरबाट उनीहरुलाई पक्राउ राठौरले जानकारी दिनुभयो । भिडियो मिक्सिङको काम गर्ने कामेश्वरले अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गर्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय, पथलैया पठाइएको राठौरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्