बस दुर्घटना



जाकार्ता,(एजेन्सी)
इन्डोनेसियाको पश्चिमी जावामा अचानक एकजना यात्रुले गुडिरहेको बसको स्टेरिंग समाउन पुग्दा भएको दुर्घटनामा कम्तिमा १२ जना मानिसको ज्यान गएको तथा अन्य दर्जनैं घाइते भएको सोमवार प्रहरीले जनाएको छ ।

माजालेन्का शहरको सडकमा ड्राइभरसंग विवाद चर्केपछि ति यात्रुले त्यस्तो व्यवहार गरेको प्रत्याक्षदर्शीहरुले बताएका छन् । प्रहरीले दुर्घटनामा बाँचेका तथा प्रत्यक्षदर्शीहरुबाट थप सुचना संकलन गरिरहेको छ ।

यस दुर्घटनामा ड्राइभर र स्टेरिंग समाउने याुको पनि ज्यान गएको बताइएको छ । इन्डोनेसियामा प्रायशः गम्भीर सडक दुर्घटना दोहरिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्