भम्रणमा कुनै सास्ती भएन



धरहरा हिजोआज निकै कन्फ्युज छ । नेकपा अध्यक्ष ओली नेपालकै प्रधानमन्त्री हुन् कि टुरिस्ट ? प्रधानमन्त्री हुन् भने उनी नेपालमा आक्कलझुक्कल मात्रै भेटिन्छन्, विदेशतिरै बढी दौडिन्छन् । बेलाबेलामा विदेशतिरबाट आइरहने भएसी उनी टुरिस्टै त होलान् नि !

साताव्यापी युरोप भ्रमणमापश्चात ओली आइतबार नेपाल आए, फेरि कहिले विदेश जाने हुन् कुन्नि ? उनको युरोप यात्राबारे धहराले केही जिज्ञासा राख्या छ ।

धरहरा: बेलायतले गोर्खालीको मुद्दालाई इन्कार ग¥या हो ?
ओली: इन्कार किन गथ्र्यो, हुन्छ भन्न हिचकिचाएको ।
धरहरा: बेलायती महारानीसँग त भेट भएन नि ?
ओली; किन महारानी नै भेट्नु, त्यही परिवारका तन्नेरी ह्यारीसँग भेटेसी सक्किगो नि ।

धरहरा: फ्रान्सेसी समकक्षीसँग भेट भएको प्रसंग सार्वजनिक भइसक्यो । त्यहाँका दौंतरीसँगको भेटघाटको संयुक्त वक्तव्य किन नआएको ?
ओली: प्रधानमन्त्रीसँग सोझै भेटवार्ता भएपछि किन चाहियो वक्तव्य ।
धरहरा: यो पनि भएन, उ पनि भएन भन्नुहुन्छ । खासमा भ्रमण कस्तो रह्यो ?
ओली:न प्लेनमा यात्रा गर्दा कस्ट भो, न त रेलमा यात्रा गर्दा सास्ती, कुनै समस्या भएन । भ्रमण एकदम सफल भयो ।

प्रतिक्रिया दिनुहोस्