स्रोतको पहिचान गरी बजेट बनाईएकाले घाटा बजेट ल्याइएको छैनः मुख्यमन्त्री पोखरेल



यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचको सरकारले आगामी आर्थिक वर्षको वजेटमा घाटा वजेट नल्याईएको प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले दाबी गर्नुभएको छ ।

प्रदेश पाँचको अर्थमन्त्रालयले सोमवार बुटवलमा आयोजना गरेको वजेट सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा मुख्य मन्त्री पोखरेलले सोत्तको पहिचान गरी वजेट वनाईएकोले घाटा वजेट नभएको खुलासा गर्नु भयो ।

प्रदेशमा चालु आर्थिक वर्षमा भन्दा आम्दानीको सोत्तमा वृद्धिभएको र सोही अनुपातमा वजेटको आकार बढाईएको उहाँले बताउनु भयो ।

चालु आवका लागि गत वर्ष ल्याईएको वजेटमा ५ अर्व रुपैया बचत भएको र सोलाई समेत आम्दानीमा राखेर वजेट वनाईएकाले वजेटको आकार केही ठूलो भएको उहाँको कथन थियो ।

प्रदेशका सांसदहरुलाई मध्य नजर गरी सांसद विकास कोषको व्यवस्था नगरिए पनि सांसदको सिफारिसमा वजेट विनियोजन भएकाले उहाँहरुले सिफारिस गरेकै आयोजनामा स्थानिय तहले वजेट खर्च गर्ने व्यवस्था मिलाएको उहाँले बताउनु भयो ।
उहाँले पर्यटकिय स्थलसम्म सडक पुराउने गरी तथा ग्रामीण क्षेत्रमा उत्पादन भएको वस्तुलाई शहरसम्म पुराउन कृषि सडक बनाउनका लागि वजेटको व्यवस्था गरिएको बताउनु भयो ।

प्रदेशको आवधीक योजनामा आधारित भएर वजेट बनाईएकोले लक्षीत समुहसम्म पुग्ने गरि वजेट ल्याईएको मुख्य मन्त्री पोखरेलले बताउनु भयो ।

प्रदेशका क्रमागत योजनालाई निरन्त्रता दिदै कही नयाँ कार्यक्रम समावेश गरिएको पनि आर्थिक मामिला तथा योजना मन्त्रीको समेत जिम्मेवारी समाल्नु भएका मुख्य मन्त्री पोखरेलले वजेटमा अनुदानलाई प्राथमिकता दिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्