टेक्सट मेसैजका कारण इथियोपियाली आक्रोसित



अडिसअवावा,(एजेन्सी)
इथियोपियाली जनता विहिवार देखि अचानक बिना कुन ैपुर्व सुचना राष्ट्रभरि टेक्सट मेसैज सुविधा बन्द भएकोमा आक्रोसित भएक छन् । यसैगरी इथियोपियाका केहि भागमा सोहि दिन देखि इन्टरनेट सुविधा पनि रोकिएके छ ।

देशको एक मात्र टेलिकम सेवा प्रदायक एवं सरकारको स्वामित्वमा रहेको इथियो टेलिकमले यस समस्याबारे कुनै पनि प्रतिक्रिया दिन अस्विकार गरेको छ । यस सेवा बन्द भएकैबेला संयोगवश राष्ट्रव्यापि ब्दिालयमा परिक्ष संचाल भइरहेको छ । केहिले परिक्षलाई मध्य नजर राखेर पनि सरकारले यो सेवा रोकेको हुनुपर्ने अनुमान गरेका छन् ।

राजधानी एरिड अवावा स्थित विविसिका पत्रकार काल्किदान यिवेल्टलालले बिद्यार्थीहरुलाई परिक्षामा चिट चोर्नबाट रोक्नका लागि टेक्सट मेसेज सेवा बन्द गरिएको बताएका छन् । इथियोपियालीहरु माझ निकै लोकप्रिय मेसेजिंग एप टेलेग्रामको पनि अत्तोपत्तो नरहेको बताइएको छ ।

सन् २०१६ र २०१७ मा सरकार विरुद्ध चर्चित विारोध प्रदर्शन भइरहेकोबेला पनि परिक्षामा गोपनियता चुहावट हुने संभावना रोक्न इन्टरनेट सेवा बन्द गरिएको थियो । तर गत वर्ष सुधारवादी प्रधानमन्त्री एवि अहमदले सत्ता समहाले यता अभिव्यक्ति स्वतन्त्रता थप्ने क्रममा विगतमा प्रतिवनध लगाइएका वेवसाइटहरु खुल्ला गरिएको थियो ।

चार करोड दस लाख भन्दा बढि इथियोपियालीसंग मोवाइल फोनको पहुँच रहेको सरकारी तथ्याँकमा उल्लेख गरिएको छ । यसैगरी सन् २००५ मा सम्पन्न विवादास्पद चुनावपछि शुरु भएको विशाल जनप्रदर्शनक ैक्रममा पनि टेक्सट मेसैज सेवा झण्डै दुई वर्षका लागि बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्