प्रमकी पत्नीले राज्यकोष हिनामिना गरेको स्वीकार



ब्युनसआयर्स,(एजेनसी)
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नी सारा नेतान्याहुले सरकारी कोषहरुको दुरुपयोग गरेको स्विकार्दै आफुले १५ हजार अमेरिकी डलर तिर्नुपर्ने आइतवार बताएकी छिन् ।

सारा नेतान्याहु विरुद्ध प्रधानमन्त्री निवासमा भान्छेको व्यवस्था नभएको झाुठो कारण खडा गरी बाहिरबाट तयारी खाना मगाउने गरेको भन्दै ९९ हजार ३ सय डलर अवैध ढंगले खर्च गरेको आरोप लगाइएको थियो । गत वर्ष उनी विरुद्ध अदालतमा जालसाजी र विश्वास तोडेको अभियोगमा मुद्धा दायर गरिएको थियो ।

तर उनका वकिललले भने यस मुद्धाले उनलाई केहि पनि गर्न नसक्ने तथा यो सबै उनका पतिलाई सत्ताबाट फाल्ने प्रयास मात्र भएके जनाएका छन् । अपिल सम्झौता अनुरुप साराले राज्यलाई १२ हजार ४ सय ९० डलर र जरिवाना वापत २ हजार ७ सय ७७ डलर तिर्नुपर्ने भएको छ ।

दि जेरुसेलम पोस्टले उनकोबारे आपराधिक अभिलेख तयार भएपनि उनी विरुद्धका अभियोगहरु घटाइएका छन् । वकिले एरेज पादानले कानुनी सम्झोता भएकाले अदालतले सय मुद्धाको सिलसिलामा सुनुवाईमा ८० जना साक्षाी बोलाउनु नपरेको जानकारी दिएका छन् ।

तर गतवर्ष साराका वकिलहरुले उनलाई प्रधानमन्त्री निवासमा आएका विशेष पाहुनाहरुलाई बाहिरबाट झिकाएर खाना खुवाइएको बारे कुनै जानकारी नै नदिइएको तथा निवासका व्यवस्थापकले खानाका लागि आदेश दिएको बताएका थिए ।

आफ्नी पत्नीमाथि लगाइएका अभियोगबारे प्रतिक्रिया दिँदै बेन्जामिन नेतान्याहुले बताएका छन् , ‘ सारा नेतान्याहु बलियो र सम्मानिय महिला हुन् र उनका कार्यमा त्याहाँ कुनै पनि त्रुटि भएकै छैन ।

सन् २०१६ मा अर्जेन्टिनाको एक् अदालतले कार्यथलोमा आफुलाई उत्पीडन गरेको भनी सारा माथि आरोप लगाउने एकजना पुर्व हाउसकिपरलाई क्षतिपुर्ति स्वरुप ४७ हजार डलर तिर्न सारालाई आदेश दिएको थियो । अदालतले मेनी नाफ्तालीको आफु मिाथि साराले अपमान र अपशब्द प्रयोग गरेको भनी लगाएको आरोप सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्