यस वर्ष ६ सय ४४ जना सगरमाथाको चुचुरोमा पुगे



नेपाल समाचारपत्र, काठमाडौं
जारी सिजनमा ६ सय ४४ जना आरोहीले सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ४९ देशका ५ सय ७७ जना पुरुष र ६७ जना महिलाले सगरमाथा आरोहण गरेका हुन् ।

विभागका अनुसार सगरमाथा आरोहणका लागि आरोही, शेर्पा, सरदरसहित १ हजार २४ जनाले अनुमति लिएका थिए । जसमा १४ नेपालीसहित ३ सय ८२ जना आरोही र ६ सय ४२ जना सरदार, गाइड र शेर्पाले आरोहणको अनुमति लिएका थिए । अनुमति लिएका आरोहीमध्ये २ सय ८० जनाले सगरमाथाको आरोहण गरिसकेका छन् भने उनीहरुस“गै ३ सय ६४ जना कामदारले समेत सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।

यसपटक सगरमाथा आरोहण गर्नेमा सबैभन्दा बढी भारतीय नागरिक रहेका छन् । यस सिजनमा ६१ जना भारतीयले सगरमाथा आरोहण गरेका छन् । दोस्रोमा ५४ जना चिनिया“, तेस्रोमा ४२ जना अमेरिकी नागरिकले सगरमाथाको आरोहण गरेका छन् ।

सगरमाथाको आरोहणमा महिलामा चिनिया“ १८, भारतीय, १३ नेपाली ६, अमेरिकी ३ जना रहेका छन् । विभागका अनुसार यस वर्ष मौसमले साथ कम दिएकाले पर्याप्त आरोहण हुन नसकेको जनाएको छ । यस वर्ष वैशाख ३१ गते ८ जना शेर्पा टोलीले सगरमाथा आरोहणको बाटो बनाएका थिए । सरकारले सगरमाथा आरोहणबाट प्राप्त हुने राजस्व दस्तुर वापत ४४ करोड २४ लाख रुपिया“ जम्मा गरेको छ ।

सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीले प्रतिव्यक्ति ७५ हजार नेपाली रुपिया“ रोयल्टी तिर्नुपर्ने प्रावधान रहेको छ ।यस वर्ष ४४ समूहमध्ये ७ नेपाली र ३७ विदेशी समूहले सगरमाथा आरेहणको लागि अनुमति लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्