१३औं सागलाई ५ अर्बको बजेट



आगामी डिसेम्बरमा नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि सागको बजेट निर्माण कार्यदलले विविध बिषयमा अनुमानित ५ अर्ब भन्दा बढी बजेट प्रस्तु गरिएको छ ।

आईतबार उक्त बजेट निर्माण कार्यदलका संयोजक तथा १३औं साग तयारी तथा व्यवस्थापन समितिका सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बजेट प्रस्तुत गरेका हुन् । जसमा ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार ६ सय ७० रुपियाँ र ७३ पैसाको बजेट प्रस्तुत भयो । उक्त बजेटअनुसार राष्ट्रिय टिम तयारीतर्फ ८८ करोड १२ लाख ६८ हजार १ सय ५० रुपियाँ छुट्याइएको छ ।

त्यस्तै खेलस्थल ब्यवस्थापनतर्फ ३ करोड ११ लाख, प्राविधिकतर्फ ३० करोड ४० लाख ६९ हजार ९ सय, श्रोत साधन परिचालनतर्फ २० लाख, सुरक्षातर्फ ५० करोड २६ लाख १ हजार ८ सय ४०, आवास ब्यवस्थापनतर्फ ४५ करोड ५२ लाख ८६ हजार, यातायात ब्यवस्थापनतर्फ १५ करोड ७१ लाख ४ हजार, स्वास्थ्यतर्फ ३ करोड ४३ लाख ५२ हजार, प्रचार प्रसार तथा प्रकाशनतर्फ ८ करोड ९५ लाख ८ हजार ५ सय, समारोह ब्यवस्थापनतर्फ ७१ करोड ४६ लाख ८२ हजार ९१.२०, स्वयंसेवक परिचालन तर्फ २ करोड २ लाख ९७ हजार, अतिथी सत्कारतर्फ १ करोड २९ लाख ५ हजार रुपियाँ छुट्याएको छ।

यसैगरी खेल सामाग्री, उपकरण तथा पोशाक ब्यवस्थापन सचिवालयतर्फ १ अर्व २९ करोड ९१ लाख ५ हजार ८९.५३ रुपैयाको बजेट राख्दा एन्टि डोपिङ्ग तर्फ ३ करोड ५४ लाख ६१ हजार, आयोजक समिति तर्फ २७ करोड ९९ लाख २७ हजार १ सय, आईटि ब्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार तथा विविधमा २५ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्