४० हजार वर्ष पुरानो ब्वाँसोको सग्लो टाउको प्राप्त



मस्को (एजेन्सी)
रुसका वैज्ञानिकहरुले साइवेरियाको हिम खण्ड पहाडी इलाकामा हिम युगको एक ब्वाँसोको टाउको फेला पारेका छन् । उक्त ब्वाँसोको टाउकोमा गिडी सँगै भुत्ला र दांत पनि सुरक्षित छ । उक्त ब्वाँसोको यो टाउको ४० हजार बर्ष पुरानो भएको बताइएको छ । टाउको १६ इन्च लामा छ, जुन अहिलेका ब्वाँसोको टाउको (९.१ देखि ११ इन्च)को तुलनामा करिब दुईगुना हुन्छ ।

उक्त ब्वाँसोको टाउको आर्कटिक सर्कलमा सन् २०१८ मा वैज्ञानिक पावेल एफिमोवले फेला पारेका हुन् । उसको सरीर भने त्यसको वरपर कहीँ पनि फेला नपरेको बताइएको छ । उक्त ब्वाँसोमाथि कुनै अर्को जनावरले नै हमला गरेको हुनु पर्ने अनुमान गरिएको छ । किनभेन रुसमा पहिलो पटक मानवजाति ३२ हजार बर्ष अगाडी आएको थियो ।

रुसी वैज्ञानिक डाक्टर एल्बर्ट प्रोटोपोपोवले उक्त टाउकोमा रेहका धेरैजसो कोषिकाहरु नयाँ जस्तै रहेको बताए । ब्वाँसोको उक्त टाउकोको तुलनात्मक अनुसन्धान अब आधुनिक युगका ब्वाँसाहरुसँग गरिनेछ । यसबाट विगत हजारौं बर्षमा परिवर्तन सँगै जनावरमा कस्तो विकास भयो भन्ने प्रष्ट हुने बताए ।

रुसको वेबसाइट साइबेरियन टाइम्सका अनुसार वैज्ञानिक ब्वाँसोको डिएनएको पनि जाँच गर्नेछ र यसबाट त्यति बेलाको स्थितिको जानकारी पाउन सजिलो हुनेछ । जिकेइ युनिभर्सिटी स्कुल अफ मेडिसिन इन टोक्योकी प्राध्यापक नओकी सुजुकीले ब्वाँसोको टाउकोको सीटी स्क्यानमा उसको भित्री अंग र मस्तिस्क सही स्थितिमा भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्