बिस्केक सांघाई सहयोग सम्मेलनः मोदी र इमरानबीच सामान्य भेटवार्ता



बिस्केक (एजेन्सी)
किर्गिजस्तानमा सांघाइ सहयोग सम्मेलन (एससीओ)का क्रममा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच अन्तत बिस्केकमा सामान्य वार्ता भएको बताइएको छ ।

नेताहरुको हिँड्न छुट्याइएको लाउन्जमा उनीहरुबीच सामान्य वार्ता भएको टाइम्स अफ इन्डियाले जनाएकोछ ।

मोदी र इमरान खानबीच यो वार्ता धेरै समयपछि भएको हो र सन्चार माध्यमको ध्यान सम्मेलन भरी यी दुई नेताहरुबीचको अनौपचारिक गतिविधिमा केन्द्रित भइरहेको थियो ।

इमरान खान र पाकिस्तानी विदेश मन्त्ती शाह महमुद कुरैसीले चिठ्ठी मार्फत भारत र पाकिस्तानबीच वार्ता पुन शुरु गर्नु पर्नेमा जोड दिएको बताइएको छ ।
इमरान खानले आम चुनावमा नरेन्द्र मोदीको जीतपछि मे २६ मा उनलाई फोन गरि बधाइ दिएका थिए । उक्त अवसरमा उनले दुबै देशका जनताको प्रगतीका लागि मिलेर काम गर्ने इच्छा ब्यक्त गरेका थिए । त्यसको जवाफमा मोदीले क्षेत्रमा शान्ति र समृद्धी ल्याउन विश्वासपुण तथ हिँसामुक्त वातावरण बनाउन आवश्यक भएको बताएका थिए ।

सन् २०१६ मा पठानकोट हवाईअड्डामा भएको हमलापछि भारतले पाकिस्तानसँग कुनै द्विपक्षिय वार्तामा सहभागी बन्न अस्विकार गर्दै आइरहेको छ ।
मोदी- सी वार्ता
यसअघि किर्गिजस्तानको राजधानी बिस्केकमा एससीओ शिखर सम्मेलनका क्रममा चीनका राष्ट्र्पति सी जिनपिंग र प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षिय बैठक भएको थियो ।

राष्ट्र्र्पति सीले भारत र चीनलाई एक अर्काबाट कुनै खतरा नभएको बताएका थिए । भारतसँग द्विपक्षिय ब्यापार तथा विकासमा साझेदारी बढाउनका लागि चीन अत्यन्त उत्साहित रहेको उनले बैठकमा बताएका थिए ।

मोदीको दास्रो कार्यकालमा चिनियाँ राष्टपतिसँगको यो पहिलो भेटवार्ता हो । उनले सीलाई यसैबर्ष अनौपचारिक भेटवार्ताका लागि भारत आउन निमन्त्रणा पनि दिए । यसलाई सी जिनपिंगले स्विकार गरेको छ ।


सी जिनपिंगले मोदीलाई एक अर्कालाई विकासका लागि अवसर दिनु पर्ने र यसमा कुनै खतरा नभएको बताएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
दुबै देश विश्वको सबैभन्दा ठुलो बजार हो । यसतोमा आपसी समझदारी र सहयोग बढाउनेमा जोड दिनु पर्छ । विवादहरुको द्रिवपक्षिय वार्ताका माध्यमबाट हल गर्नु पर्छ । साथै अगाडी बढ्दा एसियाली क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धी आउनेछ , सीले बताए ।

शिखर सम्मेलनमा मोदी रुसका राष्ट्र्पति भ्लादिमिर पुटिन र चीनका राष्ट्र्पति सीसँग द्रिवपक्षिय वार्तामा सहभागी भए । मोदीले वार्तामा पाकिस्तान प्रायाजित आतंकवादको मुद्दा पनि उठाए । शिखर सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि सहभागी भएका छन् । तर मोदी र इमरान खानबीच भेटवार्ताको कार्यक्रम रहेको छैन । सम्मेलनमा दुई नेताबीच जम्काभेटको जस्तो स्थिति भएपनि दुईबीच सामान्य औपचारिक अभिवादन पनि नभएको र एकले अर्कालाई नदेखे जस्तो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्