साप्ताहिक राशिफल: असार १ देखि ७ गतेसम्म



मेषः
यो साता तपाईंका लागि मिश्रित फलदायक छ । आज आइतबार केही शुभ संकेत देखा परे पनि बुधबारसम्म काममा बाधा–व्यवधान आउने, पढाइ–लेखाइमा रुचि कम हुने, आकस्मिक खर्च हुने देखिन्छ । यो अवधिमा शारीरिक एवम् बौद्धिक कसरत गर्नुपर्ला । त्यसपछिको समय भने शुभ फलदायक छ । काममा रुचि जाग्नाले सफलता प्राप्त हुने, यश–ऐश्वर्य बढ्ने, सुख–सन्तोष हुनेछ ।
वृषः
साताको शुरुका दुई दिन उन्नति हुनेछ । सानै प्रयासबाट राम्रै आम्दानी हुने, मान–सम्मान बढ्ने, आँटेका काम पूरा हुने देखिन्छ । त्यसपछिका दिनचर्या भने अस्तव्यस्त हुनेछ । पाहुनाले आर्थिक भार बढ्ने, गर्न लागेको कार्य सम्पन्न गर्न गाह्रो पर्ने, पेसा–व्यवसायमा असन्तुष्टि पैदा हुने सम्भावना छ । तर साताको अन्तिम दिन शनिबारचाहिँ आर्थिक लाभका साथै समस्याहरु समाधान हुनेछन् ।
मिथुनः
तपाईंका लागि यो साताको बुधबारसम्म शुभ फलदायक छ भने बाँकी दिनहरु त्यति सन्तोषजनक देखिँदैन । शुरुका दिनहरुमा द्रव्यलाभ, खेलकुद, परीक्षा आदिमा सफलता हात लाग्ने, अड्किएका कामहरु पूरा हुने, समस्याको समाधान हुने, यश–कीर्ति बढ्ने, वाहन–सुख हुने, मान–सम्मान बढ्ने देखिन्छ । बिहीबारबाट भने रोगको भय, काममा बाधा–व्यवधान, आर्थिक नोक्सानी, शारीरिक कष्ट होला ।
कर्कटः
तपाईंका लागि यो साताका दिनहरु धेरै शुभ फलदायक देखिन्छन् । सानै प्रयासबाट नचिताएका ठूला काम बन्नेछन् । कतैबाट धन, पुरस्कार, उपहार, मिष्ठान्न भोजन प्राप्ति हुने सम्भावना छ । पारिवारिक वा साथीभाइसँग रामै्र जमघट होला । आर्थिक लाभ हुनेछ । वैदेशिक होस् वा स्वदेशमै भए पनि रोमान्टिक यात्रा हुन सक्छ । साताको अन्त्य शनिबार भने स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिंहः
साताको मध्य अवधिसम्म दिनहरु हितकर छैनन् । पारिवारिक विवाद, पेटको स्वास्थ्य समस्या, विनाउपलब्धिको दौडधुप, हुन लागेको काममा रोकावट हुने सम्भावना छ । तर बिहीबारबाट भने दिनहरु शुभ छन् । सबै समस्या समाधान हुनेछन् । आर्थिक लाभ, पारिवारिक सुख–सन्तोष, शत्रुमाथि विजय, लेखाइ–पढाइमा सफलता, वाहनको इच्छा हुनेहरुलाई वाहन लाभको सम्भावना छ ।
कन्याः
सोमबारसम्म धन–सम्पत्ति प्राप्ति, रोकिएका काम बन्ने, पुरस्कार–सम्मान पाइने सम्भावना छ । त्यसपछिका दिनहरुमा भने रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा–व्यवधान होला । राजनीतिक असफलता, राज्य भय, इज्जत–प्रतिष्ठामा ह्रास नहोला भन्न सकिन्न । त्यसैले सतर्कता अपनाउनुपर्ने हुन्छ । शनिबारबाट स्वास्थ्यलाभ हुनेछ भने सुख–सन्तोष, गरेको काम सफल हुनेछ ।
तुलाः
साताको मध्य अर्थात् बुधबारसम्म तपाईंको भाग्य चम्किनेछ । अधुरा रहेका वा थालनी गरिएका कार्यहरु पूरा होलान् । आर्थिक लाभ हुनाले परिवारमा सुख शान्ति हुने, उत्तम भोजन पाइनेछ । स्वास्थ्य चुस्त–तन्दुरुस्त भएको अनुभूति हुने, पढाइ–लेखाइ वा पेसा व्यवसायमा सफलता हात पर्नेछ । तर बिहीबारबाट भने साथीभाइसँग विवाद पर्ला, धन–सम्पत्तिको नोक्सानी हुने देखिन्छ ।
वृश्चिकः
यो साता मिश्रित फलदायक छ । शुरुका दुई दिन शुभ छन् । कतैबाट नगद प्राप्त होला । मिष्ठान्न भोजनको अवसर मिल्ला । मंगलबार र बुधबार भने आर्थिक नोक्सानी, दुर्घटनाको भयका साथै विवादमा परिएला । त्यसपछिका दिनमा कतैबाट उपहार मिल्ला । काममा सफलता एवम् धनलाभ हुने सम्भावना छ । तर साताको अन्तिम दिन शनिबार भने मानसिक चञ्चलता र विनाकाममा खर्च हुनेछ ।
धनुः
यो साताका दिनहरु मिश्रित फलदायक छन् । एक दिन राम्रो भयो भने अर्को दिन नराम्रो होला । त्यसैले राम्रो र नराम्रो भन्दा पनि धैर्यता र सतर्कता अपनाउनुपर्ने देखिन्छ । चोटपटक, विवाद, आर्थिक नोक्सानीको सम्भावना भएकाले यी कुरामा सावधानी रहनुहोला । मंगलबार, बुधबार र शनिबारका दिन कार्य सफल, मान–सम्मान, उपहारादि वस्तु प्राप्तिको सम्भावना छ ।
मकरः
यो साता तपाईंका लागि मिश्रित फलदायक छ । शुरुका दिनमा खाद्यसामग्री, मिष्ठान्न भोजन, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । मंगलबार र बुधबार अनि शनिबार निरर्थक धन र समयको नोक्सानी, मानसिक चञ्चलता, पेटको स्वास्थ्य समस्या, पारिवारिक विवाद होला । बाँकी दिनहरु भने सुख–सन्तोष हुनेछ । आफ्नो व्यवसायबाट केही भए पनि आर्थिक लाभ हुने देखिन्छ ।
कुम्भः
यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन् । गरेका कार्यहरु सफल हुँदा सुखानुभूति हुनेछ । कतैबाट खाद्यान्न लाभ होला । आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ । उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ । तर बृहस्पतिबार र शुक्रबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ । धन हानि, मान हानिको सम्भावना छ । धैर्य गर्नुहोला ।
मीनः
यो साता तपाईंका लागि धेरै राम्रो देखिन्छ । तपाईंको यश–ऐश्वर्यमा वृद्धि हुनेछ । पढाइ–जागिरमा उच्च मूल्यांकन हुने देखिन्छ । राजनीतिमा सफलता, व्यवसायबाट उच्च आम्दानी, राज्यबाट लाभ हुनेछ । थालनी गरिएका अधुरा काम पूरा हुनेछन् । नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ । शनिबार भने चोटपटकको सम्भावना भएकाले सतर्कता रहनुहोला ।

प्रतिक्रिया दिनुहोस्