नेपाल प्रहरीका १२ डीआईजीको सरूवा, को कहाँ ?



काठमाडौं ।
नेपाल प्रहरीका १२ जना डीआईजीको सरूवा भएको छ ।  प्रदेश– १ मा ठाकुर ज्ञवाली, २ मा प्रद्युम्न कार्की, ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, ५ मा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पुर्णचन्द्र जोशी, सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साल भएका छन् ।

यस्तैयोजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरीबहादुर पाल, अख्तियारमा कमल जिटि, महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारीको सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्