रुकुममा प्रधानमन्त्री रोजगार कार्यक्रम औपचारिक रुपमा शुरु



धनवीर दाहाल, रुकुम ।
रुकुमका स्थानीय तहहरुले सरकारको बिशेष कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक रुपमा सुरु गरेका छन् । कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्र्तगत प्रधानमन्त्री रोजकार कार्यक्रम रुकुम पश्चिमका ६ वटै स्थानिय तहमा औपचारिक रुपमा सुरु गरिएको हो । बेरोजगार भएर बसेकाहरुका लागी यो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बिश्वास लिइएको छ । आफुहरुले काम पाएपछि बेराजगार भएर बसेकाहरुले खुसी प्रकट गरेका छन् ।

वडास्तरमा भएका बिभिन्न सडक निर्माण, सिंचाई नहर, पाटी चौतारा लगाएका काममा उनीहरुलाई खटाइने छ । एक दिनको ६००का दरले एक महिनाको लागी रोजगारको व्यवस्था गरिएको स्थानीय तहहरुले बताएका छन् । स्थानीय तह स्तरमा पनि बेराजगारले रोजगार पाउने गरी बिशेष कार्यक्रम बनाइने मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले जानकारी दिनुभयो ।

रुकुम पश्चिमका ६ वटै स्थानीय तहले शनिबारबाटै प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुरु भएपछि आफ्नै घरछेउमा काम पाएकोमा बेरोजगार भएर घरमै बसेकाहरु दंग छन् । वडा स्तरमा छनौट भएका योजनाका आधारमा काम दिइएको बाँफिकोट गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्