सल्यानका दुई वनमा आगलागी, तीन घरगोठ जलेर नष्ट



सरिता चलाउने, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालीका– ५ लेखपोखरामा सामुदायिक वनमा लागेको आगो बस्तीमा आउदा तिन घरगोठ जलेर नष्ट भएका छन । दुई वटा सामुदायिक वनमा आगलागी हुँदा स्थानीयका ३ घर गोठ जलेर नष्ट भएका हुन ।

शनिवार दिउँसो ११ बजेतिर स्वर्गद्धारी सामुदायिक वन र शिद्धपोखरी सामुदायिक वनमा आगलागी हुँदा स्थानीय युद्धबहादुर पुनको घर, तीलक नेपालीको घर र नन्दराम खत्रीको गोठ जलेर नष्ट भएको छत्रेश्वरी गाउँपालीका वडा नमबर ५ का वडा अध्यक्ष लिलाधर घर्तीले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट घर भित्रका सम्पुर्ण सामान पुर्णरुपमा नष्ट भएका छन् । खरको छानाका घर भएका कारण धेरै क्षति भएको उहाँले बताउनुभयो ।

दुई वटा सामुदायिक वनमा आगो लागेको अहिले सम्म नियन्त्रणमा लिन नसकेको स्थानीयले बताएका छन् । सल्लेरी, भिरालो जमिन र हावा चलिरहेका कारण आगो नियन्त्रणमा आउन सकिरहेको छैन । आगालागी बाट थप क्षति नहोस भनेर स्थानीय, नेपाल प्रहरी, शस्त्र प्रहरी बस्ती जोगाउँन तर्फ लागेका छन् ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । आगलागीकै कारण यस वर्ष मात्रै जिल्लामा दुई जनाको ज्यान गईसकेको छ भने लाखौँको क्षति भएको छ । लामो खडेरीका कारण जिल्लाका अधिकांश सामुदायिक वनमा यो वर्ष आगलागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्