रक्सी खाएर कानुन मन्त्रालयका उपसचिवहरुबीच कुटाकुट



नेपाल समाचारपत्र, काठमाडौं ।
कानुन मन्त्रालयका उपसचिवहरुले शुक्रबार धुलिखेलको एक रिसोर्टमा तोडफोड गरेका छन् । आर्थिक वर्ष २०७५ /०७६ सकिनै लाग्दा समिक्षा गोष्ठी गर्न पुगेका उनीहरुले नसाको तालमा हंगामा गरेको पाइएको हो ।

शुक्रबार गोष्ठी गर्ने क्रममा कानुन मन्त्रालयका उपसचिवहरुबीच मनमुटाव भई झगडा गरेको होटेल सञ्चालकले बताए । उनीहरुले होटलका कुर्सी र फ्रिज तोडफोड गर्न थालेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

त्यसलग्तै त्यहाँ प्रहरी पुग्दै गरेको खबर प्राप्त भएको छ ।
थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्