वाङमय शताब्दी पुरुष जोशीलाई नागरिक अभिनन्दन गरिने



पुष्कर बुढाथोकी, भक्तपुर ।
राष्ट्रको लागि महत्वपुर्ण याेगदान गर्दै आउनु भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको भक्तपुरमा नागरिक अभिनन्दन गरिने भएको छ ।

सो अभिनन्दन कार्यक्रम भब्यतापुर्वक सफल बनाउन नरेन्द्रभक्त हाडाको संयोजकत्वमा २०१ सदस्यीय वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति गठन
गरिएको छ ।

अभिनन्दन समारोहका क्रममा आगामी असार ६ गते मध्यपुर थिमिमा बाहाखा बजारबाट शंखधर चोक सम्म र तत्पश्चात भक्तपुर दतात्रयबाट शोभा र्याली आयोजना गरिने भएको छ ।

शोभा र्याली स्थानिय अजिमा पार्टी महलमा पुगेर मूल अभिनन्दन समारोहमा परिणत हुने नागरिक अभिनन्दन समारोह समितिका संयोजक नरेन्द्रभक्त हाडाले बताउनुभयो ।

शोभा र्यालीमा स्थानिय कला संस्कृति सम्बद्ध संघ संस्था, सामाजिक संघ संस्था, बिद्यालय, सहकारी, सुरक्षा निकाय , स्थानिय निकायका नगर प्रमुख तथा जनप्रतिनिधीहरु, प्रदेश सभा एवम संघीय सभा सदस्यहरु, राजनितिक पार्टीका नेता कार्यकर्ता, तथा स्थानिय बासिन्दाको सहभागिता हुने आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्