रुपन्देहि जिल्ला लिग फुटबलः शनिवारदेखी २० टीम भिड्दै



यमलाल भुसाल, बुटवल ।
रुपन्देहीमा शनिवारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
कुञ्जलापुर खेल मैदान र जवई खेल मैदानमा असार १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लामा क्रियासिल २० वटा फुटवल क्लवको सहभागिता रहने शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

उदघाटन खेल कुञ्जलापुर खेल मैदानमा झरना र अमर ज्योति युवा क्लवका बीचमा खेल हुने रुपन्देही जिल्ला फुटवल संघका उपाध्यक्ष मुकेश कुवरले जानकारी दिनुभयो ।

आईतवार देखि बिहान र अपरान्ह दैनिक ४ खेल हुनेगरी तालिका बनाइएको छ ।  प्रतियोगिता उपाधि विजेताले नगद १ लाख ११ हजार, प्रमाणपत्र, मेडल तथा उपविजेताले नगद ५५ हजार, प्रमाणपत्र, मेडल प्राप्त गर्ने फुटवल संघका महासचिव तथा खेल संयोजक लोक पुनले जानकारी दिनु भयो ।
यसैगरि सेमीफाईनलमा पुग्ने दुई टिमलाई समेत नगद १०–१० हजार प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्