एनसेल फोरजीमा अब डबल डेटा



काठमाडौ, (नेस)
एनसेल प्रालिले डेटामा आकर्षक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन र ३० दिन समय सिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् ।

यो अफर जेठ ३० गतेदेखि लागू भएको छ । हजारभन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साताभित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको जनाएको छ ।

यो योजनाअन्तर्गत सात दिन समयसिमा भएको ५०० एमबी डेटा र ३० दिन समय सिमा भएको ३ जीबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले तीस दिन समयसिमा भएको ३ जिबी डेटा करसहित ४५३ रुपिया“ ३० पैस मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् । यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्नेछन् ।

त्यसैगरी, एनसेलका ग्राहकले सात दिन समयसिमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबीनै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एमबी प्याक कर सहित रु. ९५ं.७७ मा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्