मेसी सर्वाधिक कमाउने खेलाडी



लन्डन, (एजेन्सी)
विश्वचर्चित अमेरिकी म्यागाजिन ‘पÞmोब्र्स’ ले जारी गरेको सन् २०१८ मा सर्वाधिक कमाइ गर्ने १ सय खेलाडीको सूचीमा अर्जेन्टिनाका लियोनल मेसी पहिलो स्थानमा परेका छन्।

सूचीमा स्पेनिस क्लब बार्सिलोनाका कप्तान मेसीले शिर्ष स्थान ओगटेका हुन् । उनी पहिलो पटक यो सूचीको पहिलो स्थानमा परेका हुन् । गत वर्ष सर्वाधिक कमाउनेको सूचीमा युभेन्ट्सका पोर्चुगीच सुपरस्टार क्रिस्टियानो रोनाल्डो थिए । मेसीले सन् २०१८ मा सबैखाले गरी कूल १ सय २७ मिलियन अमेरिकन डलर आम्दानी गरेका हुन् ।

दोस्रो नम्बरमा रहेका रोनाल्डोले २०१८ मा सबैखाले गरेर कूल १ सय ९ मिलियन अमेरिन डलर कमाए । तेस्रो नम्बरमा रहेका पिएसजीका ब्राजिलियन स्टार नेयमारले कूल १ सय ५ अमेरिकन डलर कमाइ गरेका छन् ।

सर्वाधिक कमाउने शिर्ष १० खेलाडी
मेसी (अर्जेन्टिना, बार्सिलोना) – १२७ मिलियन
रोनाल्डो (पोर्चुगल, युभेन्ट्स) – १०९ मिलियन
नेयमार (ब्राजिल, पिएसजी) – १०५ मिलियन
क्यानेलो अल्भारेस, बक्सर (मेक्सिको) – ९४ मिलियन
रोजर फेडेरर, टेनिस (स्वीट्जरल्यान्ड) – ९३.४ मिलियन
रसेल विल्सन, फुटबल (अमेरिका) ८९.५ मिलियन
आरोन डोडगर्स, फुटबल (अमेरिका) – ८९.३ मिलियन
लेब्रोन जेम्स, बास्केटबल (अमेरिका) – ८९ मिलियन
स्टेफेन करी, बास्केटबल (अमेरिका) – ७९.८ मिलियन
केभिन डुरान्ट, बास्केटबल (अमेरिका) – ६५.४ मिलियन

प्रतिक्रिया दिनुहोस्