ओम अस्पतालकाे लापरवाही, एक बिरामीको मृत्यु



नेपाल समाचारपत्र, काठमाडौँ ।
ओम अस्पतालको लापरवाहीका कारण एक विरामीको मृत्यु भएको छ । पित्तथैलीको शल्यक्रिया गर्न गएका बिरामीको ओम अस्पतालले आन्द्रा काटिदिएपछि विरामिको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थायी घर भएकी ५० वर्षीय राम प्यारी थापामगरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा प्रदर्शनसमेत गरेका छन् ।

चिकित्सकले चरम लापरवाहीले गर्दा थापामगरको मृत्यु भएको बिरामीका आफन्तको भनाई छ । जेठ २३ गते अस्पताल भर्ना भएकी मगरको शुक्रवार पित्तथैलीको अप्रेसशन भएको थियो । शल्यक्रियाकै क्रममा आन्द्रामा प्वाल परेको र त्यसैको सङ्क्रमणले बिरामीको मृत्यु भएको आफन्तले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्