सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १० देखी १२ प्रतिशतसम्म बढाईएको यातायात व्यवस्था विभागले नेपाल समाचारपत्रलाई जानकारी दियो ।

विभागका अनुसार प्राविधिक समितिको सिफारिसमा भाडा बढाईएको हो ।

मेकानिकल पार्टस्, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका कारण भाडादर वृद्धि गरिएको बताइएको छ ।

यसअघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्