थाइ नागरिकले बनाईदिए विद्यालयलाई भवन



रामधन राई, खोटाङ ।
खोटाङस्थित एक माध्यमिक विद्यालयको लागि थाइ नागरिकले भवन निर्माण गरिदिएका छन् । थाइ नागरिक मास्टर वान्चाइ रोउ एरिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित साबित्रा माबिका लागि दुई तले पक्की भवन निर्माण गरि हस्तान्तरण गरेका हुन् ।
थाइ नागरिक एरिले ४० लाख रुपैंयाँमा निर्माण गरिदिएको विद्यालयको चार कोठे पक्की भवन थाइ राजदुत भकवत टाङस्कुलले उद्घाटन गर्नुभएको वडा सदस्य एबं निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । गत असोज १ गते लुम्बिनी थाई बिहारका प्रमुख फ्रा श्री बोधी बिदेशले शिलान्यास गर्नुभएको भवनमा फलामे डेस्क, बेञ्च लगायतका लागि एरिले थप ५ लाख रुपैंयाँ प्रदान गर्नुभएको छ ।
भवनको अभाव झेल्दै आएका बिद्यालयका लागि पुर्वबिद्यार्थी एबम् लुम्बिनी बिकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईको पहलमा फ्रा श्री बोधी बिदेशमार्फत एरिकबाट आर्थिक सहयोग जुटाइएको हो । थाइ नागरिकको सहयोगमा भवन बनेपछि पठनपाठनमा सहज भएको पधानाध्यापक शरण खत्रीले बताउनुभयो ।
भवन अभाव झेलीरहेका बिद्यालयलाई थाईल्याण्डका दाताको सहयोगले राहत मिलेको अभिभाबक एबं बाम्राङका वडाध्यक्ष ललितकुमार राईको भनाई छ ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लीङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, लुम्बिनी बिकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायत राजनीतिक दलका नेताहरुले दाताप्रति सम्मान व्याक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्