सवारी दुर्घटनामा छ जनाको मृत्यु



काठमाडौं ।
करिब १३ घण्टाको अवधिमा ५ स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । बुधबार १७स्२० बजेदेखि बिहीबार ०६स्०० बजे सम्मको सो अवधिमा सर्लाही, नुवाकोट, मकवानपुर र सिन्धुलीमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।

दुर्घटनामध्ये सर्लाही, हरिपुर नगरपालिका(७ स्थित सडकमा ना २५ प ६९२२ र ज।५ प ७८८६ नम्बरका मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका(१५ का ३० वर्षीय अनिल चौधरी र सोही नगरपालिका(१४ का ३५ वर्षीय अशोक चौधरीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ४ जनामध्ये २ जनालाई थप उपचारको लागि वीरगंज पठाइएको छ भने २ जना उपचारपछि डिस्चार्ज भएका छन् । दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सर्लाही, मलंगवा नगरपालिका(९ बसपार्कमा ना।२ ह १२२३ नम्बरको टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पुमा सवार बरहथवा नगरपालिका(५ घर भई मलंगवा नगरपालिक(४ डेरा गरी बस्ने ३५ वर्षीय रवि मेस्तरको घटनास्थलमै मृत्यु भएको छ । टेम्पु चालक फरार रहेकोले प्रहरील खोजी गरिरहेको छ ।
यसैगरी नुवाकोट, ककनी गाउँपालिका(४ स्थित सडकमा बा।२ क ६३६३ नम्बरको टिफर सडकबाट करिब ३ सय मिटर तल खसेर घरको छानामा पर्दा गम्भीर घाइते भएकी घरमा सुतिरहेकी ५८ वर्षीया माइली माया तामाङको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका टिफर चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी मकवानपुर, हेटौंडा भिमफेदी गाउँपालिका(१ स्थित सडकमा बा।७ च ३८४८ नम्बरको कारले बा।४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय बिबेस तामाङको छाउनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिन्धुली, सुनकोशी गाउँपालिका(५ भोटेखोलास्थित सडकमा प्रगतिशील माध्यामिक विद्यालय रातामाटाको ना।३ ख ३५२० नम्बरको गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्कीएर कक्षा ९ मा अध्यनरत रामेछाप खाडादेवी गाउँपालिका(३ बस्ने रामजी श्रेष्ठका छोरा १४ वर्षीय रमिस श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्