पढाई छाडेका छात्रालाई शैक्षिक सामग्री वितरण



विमल विष्ट, डोटी ।
जिल्लामा बिगत लामो समय देखी काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) डोटी नामक एक गैरसरकारी संस्था तथा दिपायल सिलगढी नगरपालिकाले दिपायलको दिलपेश्वर माध्यमिक बिद्यालय दिपायलमा कक्षा ५ र ७ मा अध्यनरत १२ जना छात्रालाई शैक्षिक समाग्री बितरण गरेको छ ।

आर्थिक, सामाकि, लैङ्गिक, जातीय लगायतका अन्य कारणले पढ्न नपाएका तथा विचैमा बिद्यालय छोड्न बाध्य भएका संकटासन्न परिवारका बालबालिकाहरुलाई दिपायल सिलगढी नगरपालिका अन्तरगत शिक्षा इकाईको पहलमा निज छात्राहरुलाई झोला, पोशाक तथा कापी कलम वितरण गरिएको दिपायल सिलगढी नगरपालिकाका शिक्षा स्रोत व्यक्ति लक्ष्मीराज ओझा बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक अवस्था कम्जोर भएर पढाई छोडेका लागयत अन्य विषयले पढाई छोडेका छात्राहरुलाई हामीले स्कुलमा भर्ना गरेर उहाँहरुलाई शैक्षिक सामाग्री बितरण गरेका हौँ ।” आर्थिक अवस्था कम्जोर भएर पढाई छोडेका जिल्लाका ११ जना छात्राहरुलाई दिपायल सिलगढी नगरपालिका अन्तरगत शिक्षा इकाईको पहलमा दिपायलमा रहेको दिल्पेश्वर माबीको कक्षा ५ र ७ मा भर्ना गरिएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका वडानं. ३ बाँफीमा रहेको भागेश्वर आधारभुत बिद्यालयमा पनि एक जना छात्रालाई भर्ना गरिएको छ । यसरी भर्ना गरिएका छात्राहरुलाई नगरपालिकाले कापी र कलम उपलब्ध गराउदै आएको छभने सामुदायीक विकास केन्द्र (सिडिसी) डोटीले विद्यालय पोशाक र झोला उपलब्ध गराउदै आएको छ । पढाई छोडेर घरैमा बसेका छात्राहरुलाई नगरपालिकाले पुनः पढान पहल गरेपछि उनिहरुका परिवार तथा छात्राहरु खुसि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्