तरकारीको मुल वीउ उत्पादनतर्फ अग्रसर हुँदै कृषक समूह



धनवीर दाहाल, रुकुम ।
तरकारी वीउ उत्पादन केन्द्रले वीउ उत्पादक कृषकहरुको क्षमता अभिबृद्धि गरी मुल वीउ उत्पादन तर्फ कृषकहरुलाई अग्रसर बनाउन थालेको छ । बर्षेनी दुई मेट्रीक टन उत्पादन वीउ उत्पादन गर्दै आएको केन्द्रले वीउ उत्पादनमा कमी हुन नदिने बताएको छ । तरकारी वीउ उत्पादनको हिसावले उद्गम स्थान मानिएको यस जिल्लामा तरकारी वीउ उत्पादन केन्द्र चाँपाले कृषकहरुसँग वीउ उत्पादनका समस्याका वारेका अन्र्तक्रिया समेत गरेको छ ।

मुल वीउ उत्पादनको हव मानिएको रुकुम पश्चिमको यस केन्द्रलाई अझै परिस्कृत गर्न कृषकहरुसँग अन्र्तक्रिया थालेको तरकारी वीउ उत्पादन केन्द्र रुकुम पश्चिमका बरिष्ठ बागवानी बिकास अधिकृत डा. रविन्द्रनाथ चौबेले बताउनुभयो ।

जिल्लामा उत्पादन भएको मुल वीउ जिल्लाको माग धानेर जिल्ला बाहिर निर्यात हुने गरेको अवस्थामा स्थानीय सरकार देखी केन्द्रीय सरकारले बिशेष कार्यक्रम ल्याउनुपर्नेमा कृषकहरुले जोड दिएका छन् । लक्ष अनुसार नै जिल्लामा वीउ उत्पादन भैरहेको केन्द्र केन्द्रले जनाएको छ । केन्द्रका अनुसार प्याज, काउली, मुला रायो,केराउ, सिमि चम्सुर, साग, टमाटर, धनिया, भेडेखुर्सानी काँक्रा लगाएतकोे वीउ उत्पादन हुने गरेको छ । तरकारीको मुल वीउ जिल्लामा पुगेर सल्यान, रोल्पा, दाङ, प्यठान, गुल्मि, अर्घाखाँचि तथा केन्द्रिय तरकारी वीउ उत्पादन केन्द्र खुमलटार सम्म पुग्ने गरेको छ ।

बिहिबार भएको कृषक समुह, एग्रोभेट लगाएतका सरोकारवालासँगको अन्र्तक्रियामा मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले किसानहरुको जिवनस्तर माथी उकास्न नगरपालिकाले पनि बिशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो । कृषकहरुको क्षमता अभिबृद्धि गर्न पनि नगरपालिकाले जोड दिने जानकारी गराउनुभयो । नगरप्रमुख गौतमले भन्नुभयो “कृषकहरुको आर्थिक बृद्धि गर्नका लागी तरकारी वीउको उत्पादन मा नगरपालिकाले कार्यक्रम ल्याउने छ ।”

यसै गरी रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले कृषीका उपजहरुको विकास गर्नुका साथै स्थानीय तहले पनि कृषि सहकारी संस्थाको क्षमता अभिबृद्धि गर्न सुझाव दिनुभभयो । जिल्लाभरका कृषक सहकारी समुह, वीउ उत्पादक कृषक समुह एवं एग्रोभेट संचालकहरुको अन्र्तक्रियामा सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्