असारमा शुभबहादुरको सेक्सामाण्डौ र एकल साँझ



संगीतकार शुभबहादुर सुनाम असार पहिलो साता २ कार्यक्रममा प्रस्तुत हुने भएका छन्।

सुनाम सेक्सामाण्डौ नामक सांगीतिक कार्यक्रम तथा शुभबहादुर सुनाम एकल सांगीतिक सा“झमा प्रस्तुत हुने भएका हुन्। असार २ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने सेक्सामाण्डौ नामक कार्यक्रममा उनले विभिन्न नेपाली धुनका साथमा ज्याज धुन प्रस्तुत गर्नेछन्। सांस्कृतिक संस्थानको आयोजनामा हुने कार्यक्रममा उनलाई अमूल कार्कीलगायतले वाद्यवादनमा साथ दिनेछन्। कार्यक्रममा सुभन लिम्बु, रोमिन सुनाम, मदन सिंह नेपालीलगायतका कलाकारले गायन प्रस्तुत गर्नेछन्।

त्यसै गरी असार ६ गते हुने आर्मी अफिसर्स क्लबमा शुभबहादुर सुनाम सांगीतिक सा“झमा प्रस्तुत हु“दै छन्। शान्ता सुनामको आयोजनामा हुने कार्यक्रममा शुभबहादुरद्वारा संगीतबद्ध विभिन्न गीत प्रस्तुत गरिनेछ। जहा“ प्रेमध्वज प्रधान, कुमार बस्नेत, दीप श्रेष्ठ, कुन्ती मोक्तान, आनन्द कार्की, प्राश्ना शाक्य, मदन सिंह नेपालीलगायत पुरानादेखि नया“ पुस्ताका गायकगायिकाले गीत प्रस्तुत गर्नेछन्। आफ्नो एकल सा“झमा नया“ पि“ढी र पुराना पि“ढीका गायकगायिकाको जमघट हुन लागेकामा खुसी लागेको सुनामले बताए।

प्रतिक्रिया दिनुहोस्