पार्टी एकतासँगै आचरण सुधार गराैंः रावल



ललित सिंह, बझाङ
नेकपाको पार्टी एकता पछि जिल्ला कमिटी लाई सफत गराउन आएका नेकपाका स्थायी कमिटी सदस्य तथा सदूरपश्चिम ईन्चार्ज भिम रावलले कम्युनिष्टहरुले आचरण सुधार गर्नुपर्ने बताउनुभएको छ । बुधबार नेकपाको जिल्ला कमिटी सदस्यहरुलाई सफत गराई मन्तब्य दिने क्रममा नेता रावलले कम्युनिष्ट हँु भन्ने तर उनिहरुको आचरण र ब्यबहार कम्युनिष्ट जस्तो नभएकाले कम्युनिष्ट प्रतिको धारणा गलत हुदै गएको बताउनुभयो ।

उहाँले जहिले पनि सर्बहारा गरिब बिपन्न तथा पछाडि परेका बर्गहरुकै हकहितका लागी भनेर भाषण गर्दै हिँड्यौं तर हाम्रो ब्यबहार र कार्यशैलीले अझै गरिब निमुखा असहायहरुका लागी काम गर्न नसकेको हुदा अब सबैले यस्ता बर्ग, ब्यक्तीहरुको हकहितका लागी काम गर्न सुझाव दिनुभयो । जिल्लामा भएको पाटी एकताको औपचारिक कार्यक्रममा बोल्दै रावलले पछिल्लो समयमा नेकपाका नेता कार्यकर्ता योजनाको उपभोक्त समितीमा बसेर अनुचित फाईदा लिने गरेको जनगुनासो आउने गरेको हुदा कुनै पनि योजना कार्यक्रमका रकम दुरुपयोग गर्नाले ब्यक्ति रसंगठन कमजोर हुने बताउनुभयो ।

कम्युनिष्ट भन्दै जाने तर पछिल्लो समयमा भ्रष्टाचार गरि अकुत धन सम्पती आर्जन गरि सुख सयलमा बस्ने, आफुलाई माथिल्लो ओहोदाको सम्झने ब्यक्तिका कारणले पनि कम्युनिष्टको सिद्धान्त एकातिर भएको र ब्यक्ती अर्का तिर भएको बताउनुभयो । उहाँले अहिले केन्द्र, प्रदेश र स्थानीय सरकारहरुमा सबै ठाँउमा कम्युनिष्टहरुको बहुमत भएकाले यो सुनौलो अबसरको सदुपयोग गर्दै राष्ट्रले लिएको सुखी नेपाली र समृद्ध नेपाल नारालाई साकार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकको साशन सत्ता स्रोत साधनहहरुमा अहिले कम्युनिष्टहरुको हातमा भएकाले यदी यो अबसरको जनचाहना अनुसार काम गर्न सकेनौ भने यसको फाईदा काँग्रेसले लिन सक्ने भन्दै यसबाट सजक भएर अब प्रत्येक ब्यक्तिको आर्थिक स्तर सुधारका लागी जोड दिनुपर्ने बताउनुभयो । अहिलेको कम्युनिष्ट सरकारलाई जनताले नजिकबाट नियाली गरि रहेकाले हामीले संयमित भएर काम गर्नुपर्ने नेता कार्यकर्ताहरुलाई सुझाव दिनुभयो ।

यसैबिच नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटी बझाङका लागी पूर्व एमाले र माओबादी बिच साठी चालिसको भागवण्डा गरि एकता भएको छ । एक सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट ८० जना र माओबादीबाट ५५ जना सदस्य रहेकाका छन् । जिल्ला अध्यक्ष भने पूर्व माओबादीका युवा नेता मिन कुंबर छनौट भएका छन् ।

पूर्व एमाले अध्यक्ष दिल बहादुर सिंहले आफु जिल्ला कमिटीको सचिब पदमा नबस्ने बताए पछि प्रदेश कमिटी सदस्यमा राखेको छ । त्यसै गरि पूर्वमाओबादी अध्यक्ष कलक खड्कालाई पनि प्रदेश कमिटीमा राखेको छ । सिंहको ठाउँमा सचिबमा एमाले पूर्वसचिब दमन भण्डारीलाई जिम्मेबारी दिएको नेकपा का सुदुरपश्चिम प्रदेश संयोजक भिम रावलले जानकारी दिनुभयो । शपथ ग्रहण कार्यक्रममा सुदूरपश्चिम ईन्चार्ज भिम रावल, नेता लेखराज भट्ट, नेता कर्ण थापालगायतका नेताहरु टोली सुदूरपश्चिमका बिभिन्न जिल्लामा सपथ ग्रहण कार्यक्रममा हिडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्