जेके टायरको रिट्रिड सेन्टर पोखरामा



पोखरा, (नेस)
जेके टायरको रिट्रिड सेन्टर पोखरामा स्थापना भएको छ । भारतमा ३५ स्थानमा रिट्रिड सेन्टर स्थापना गरेको कम्पनीको यो ३६औं सेन्टर हो । नेपालमा पहिलोपटक पोखराको औद्योगिक क्षेत्रस्थित स्वरुप टायर एन्ड ट्रेड इन्डष्ट्रिजमा रिट्रिड सेन्टर स्थापना गरिएको छ ।

बुधबार एक कार्यक्रमका बीच रिट्रिड सेन्टरको उद्घाटन गरिएको सञ्चालक मोहनबाबु खड्काले जानकारी दिनुभयो । कम्पनीका भाइस प्रेसिडेन्ट दिनेश डि दसानीले सेन्टरको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।

उक्त अवसरमा दसानीले जेके टायर नेपाली बाटो तथा हावापानी सुह“दो भएकाले बजार बिक्री राम्रो रहेको बताउ“दै ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने लक्ष्यअनुसार रिट्रिड सेन्टर स्थापना गरिएको भनाइ रहेको छ । अत्याधुनिक प्रविधिबाट टायर रिपेयर गरिने सञ्चालक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्