नेपाली र भारतीय मेडिकल उद्यमीबीच सहकार्य गर्ने बारे छलफल



काठमाडौं, (नेस)
नेपाली र भारतीय मेडिकल उद्यमी व्यवसायीबीच मेडिकल क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा आएको भारतीय उद्योग परिसंघ, पूर्वी क्षेत्रका मेडिकल व्यवसायमा आबद्ध उद्यमी र नेपाली हस्पिटल÷मेडिकल उद्यमी व्यवसायीबीच बुधबार नेपाल उद्योग वाणिज्य महासंघ सचिवालमा छलफल भएको थियो ।

छलफलमा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र भारतीय टोलीको नेतृत्व सीआईआई हेल्थकेयर इस्टर्नका अध्यक्ष्ँ रूपक बरूवाले गर्नु भएको थियो । प्रतिनिधिमण्डलमा १४ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा भएको छलफलमा मेडिकल क्षेत्रमा हुन सक्ने संयुक्त लगानी, जनशक्ति विकास, तालीमको आदान प्रदान, अध्ययन अन्ुसन्धान, दुई देशबीच हाल रहेको नीतिगत व्यवस्था, स्वास्थ्य क्षेत्रको यथार्थ अवस्थालगायतमा छलफल भएको थियो ।

बैठकमा नेपाल र भारत छिमेकी मुलुक भएकाले स्वास्थ्य सेवा लिन दुवै देशका नागरिक दुवै देश आउने÷जाने परम्परा रहेता पनि नेपालीहरू भारतमा गएर उपचार गर्दा भाषागत समस्या, अपरिचित डाक्टर लगायतका कठिनाई रहेकाले ती कठिनाईलाई सुल्झाउनुपर्ने नेपाली पक्षबाट जोड दिइयो ।

महासंघका उपाध्यक्ष श्रेष्ठले दुवै मुलुकबीच यस क्षेत्रमा सहकार्यको प्रशस्त सम्भावना रहेको र यो छलफलले आगामी दिनमा सहकार्यको ढोका खुल्ने उहांले विश्वास प्रकट गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले महासंघ र सीआईआई बीचको आपसी सम्बन्धका विषयमा पनि चर्चा गर्नुभयो ।

सीआईआई प्रतिनिधिमण्डलका नेता बरूवाले नेपालको मेडिकल क्षेत्रको विकास देखेर आफु प्रभावित भएको बताउनुभयो । बैठक अगाडि आफूले काठमाडौंस्थित केही ठूलो अस्पतालको स्थलगत भ्रमण गरी छलफल गरेको पनि उहा“ले जानकारी गराउनुभयो ।

नेपाली अस्पतालहरूले अवलम्वन गरेका प्रविधिहरू अत्यन्त आधुनिक रहेको र कतिपय त भारतमा भएका प्रविधि भन्दा माथिल्लोस्तरको रहेको आफूले पाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्