गल्तीवश आप्रवासी सम्झौता सार्वजनिक



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गल्तीवश मेकिसकोसंग भएको आफ्नो आप्रवासी सम्झौताको केहि विस्तृत विवरण सार्वजनिक गर्न पुगेका छन् । ति विवरण गोप्य भन्दै उनले ति योजनाहरुबारे पत्रकारहरुसंग छलफल गर्न भने अस्विकार गरेका छन् ।

तर सो समझौता लेखिएका एक मुठ्ठी कागजत हल्लाउँदै गर्दा संचार माध्यमले संचार माध्यमले त्यसको तस्वीर खिच्न भ्याएका थियो । राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट अवैध ढंगले अमेरिका आउने आप्रवासीहरुलाई रोकने उद्देश्यले मेक्सिकोबाट आउने वस्तुहरुमाथि ५ प्रतिशत ट्यारिफ लागाउने तथा प्रत्येक महिना त्यसलाई ५ प्रतिशतकै दरले बढाउँद ैलाने योजना अघि सारेका थिए ।

तर मेकिसकोले आप्रवासी समस्या हल गर्न ठोस कदम चाल्ने बचन दिएपछि अमेरिका र मेक्सिकोसंग भएके सम्झौता मुताविक उक्त ट्यारिफ नीति स्थगित गरिएको हो । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एवरार्डले मेक्सिकोलाई अमेरिकामा अवैध रुपमा छिर्ने आप्रवासीहरुको प्रवाहलाई नियन्त्रण गर्ने ४५ दिने म्याद रहेको पुष्टि गरेका छन् ।

सोही सम्झौता मुताविक अमेरिकाले मेक्सिकोको सिमा क्षेत्रमा थप ६ हजार नेसनल गार्ड तैनाथ गर्ने भएको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिय चुना प्रचार अभियानको दौरान मेक्सिको र अमेरिकाबिचको सिमानामा पर्खाल निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । एवरार्डले अमेरिकाले आप्रवासीको संख्या शुन्यम ैझरोस् भन्ने चाहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्