वासिङटन (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नाम अमेरिकी केन्द्रिय गुप्तचर एजेन्सीका एजेन्ट भएको वाल स्ट्रिट जर्नलले जनाएकोछ । किम जोङ नाम सन् २०१७ मा मलेसियामा मारिएका थिए ।
‘यस विषयमा जानकार ब्यक्ती‘ एक अज्ञातलाई उदृत गर्दै किम जोङ नामको सीआईएसँगको सम्बन्ध अस्पष्ट रहेको उल्लेख गरेको छ । रोयटर्सले उक्त कुरालाई स्वतन्त्र रुपमा पुष्टी गरेको छैन । सीआईएले उक्त समाचारमा कुनै टिप्पणी गर्न अस्विकार गरेको छ ।
जर्नलले ती ब्यक्तीको भनाइलाई उदृत गर्दै सीआईए र किम जोङ नाम बीच ‘साठगाँठ‘ रहेको जनाएको छ । ‘उत्तर कोरियाबाट प्योङयाङमा आफनो कुनै शक्ती केन्द्र छ, भन्ने ज्ञात नभएको र कयौं बर्ष बाहिर बसेका सौतेनी दाजु उक्त गोप्य देशका भित्री कृयाकलाप उपलब्ध गराउन सक्षम नहुने कयौं पुर्व अमेरिकी अधिकारीहरुले बताएका छन् ।‘ जर्नलले लेखको छ ।
पुर्व अधिकारीहरुले किम जोंग नामको अन्य देशका सुरक्षा निकायहरुसँग सम्पर्क रहेको करिब निश्चित हो, जर्नलले जनाएको छ ।
किम जोङ उनका विषयमा नयाँ पुस्तकमा किम जोङ नामको भुमिका सीआईए एजेन्टका रुपमा उल्लखे गरिएको बताइएको छ ।वासिङटन पोस्टका संवाददाता अन्ना फिलफिल्डले लेखेको ‘द ग्रेट सेक्सेसर ‘ पुस्तक मंगलबार प्रकाशित हुने बताइएको छ । किम जोङ नाम प्रायजसो आपना सुुचनावाहकलाई सिंगापुर र मलेसियामा भेट्ने गरिरहेको गुप्तचर निकायका सुत्रलाई उदृत गर्दै फिलफिल्डले बताएका छन् ।
किम जोङ नामको पछिल्लो मलेसिया भ्रमणका सुरक्षा क्यामरा फुटेजमा उनलाई होटलको विद्युतिय भर्यांगमा एक एसियाली जस्तो देखिने ब्यक्तीसँग देखिएको र उनी अमेरिकी गुप्तचर एजेन्ट भएको बताइएको किताबमा उल्लेख गरिएको छ ।
उत्तर कोरियाली सरकारले नै किम जोङ नामको हत्या गर्न आदेश दिएको दक्षिण कोरियाली तथा अमेरिकी अधिकारीहरुले बताएका थिए । उनी आफनै पारिवारिक बंश शासनका लागि गम्भिर चुनौती बनेको थियो । तर प्योङयोङले उक्त आरोपलाई अस्विकार गरेको थियो ।
सन् २०१७ फेब्रुअरीमा क्लालालम्पुर विमानस्थलमा किम जोङ नामको अनुहारमा विषादी तरल भीएक्स पोटेर उनको हत्या गरेको आरोपमा दुई महिलामाथि मलेसियामा मुद्दा चलाइएको थियो । मलेसियाले भियतनामी आरोपी महिला दोन थि हुओङलाई मेमा र इन्डोनेसियाकी सिटी ऐस्याहलाई मार्चमा रिहा गरेको थियो ।
जर्नलका अनुसार किम जोङ नाम सीआईए एजेन्टसँग भेट्न फेब्रुअरी २०१७ मा मलेसियाको भ्रमण गरेको ती ब्यक्तीले बताएका थिए । तर उक्त यात्राको त्यही एक मात्र उद्देश्यमा थिएन ।
अमेरिकी राष्ट्रपत िडोनाल्ड ट्रम्प र किम जोंग उन बीच गत फेब्रुअरीमा हनोइमा र गतबर्षको जुनमा सिंगापपुरमा गरी दुईपटक भेटवार्ता भएको थियो । उनीहरुबीच ब्यक्तीगत सम्पर्कमा प्रगती भएको देखिएपनि परमाणु क्षेप्यास्त्र कार्यक्रम परित्याग गरेको बदलामा अमेरिकी नाकाबन्दी हटाउने सम्झौताका लागि सहमति गर्न असफल भए ।