युवरले मेलबर्नमा उड्ने ट्याक्सी सेवा शुरू गर्ने



सिडनी,(एजेन्सी)
एक कलको भरमा भनेको स्थानमा उपभोक्ताहरुलाई टयाक्सी सेवा उपलब्ध गराउँदै आएको चर्चित कम्पनी युवरले पहिलो चोटि अन्तर्राष्ट्रिय बजारमा उड्ने ट्याकसी सेवा अर्थात युवर एयरको थालनी गर्ने योजना सार्वजनिक गरेको छ । यस कम्पनीले अष्ट्रेलियाको मेलवर्न शहरलाई तेश्रो पायलट सिटीको रुपमा एयर ट्याक्सी सेवा प्रदान गर्ने जनाएको छ ।

अमेरिकाको डल्लास र लस ऐन्जेल्समा यसअघि नै युवरले यो सेवा संचालनमा ल्याइसकेको छ । मेलवर्नमा यस सेवाको परिक्षण उडान सन् २०२० मा शुरु गरिने तथा व्यावसायिक रुपमा यसलाई सन् २०२३ देखि संचानमा ल्याइने बताइएको छ । विश्वका अन्य थुप्रै कम्पनीहरुले पनि उड्ने ट्याकसी भावी यातायातको साधनको रुपमा विकास गर्ने प्रयासमा जुटिरहेका छन् ।

युवरले बढ्दो हवाई ट्याक्सीको कारण स्थल ट्राफिक जामको सम्स्यामा कटौति हुने जनाएको छ । कम्पनी उडयन विभाग युवर एलेभेटको विश्वव्यापि अध्यक्ष एरिक एल्लिसनले भनेका छन्, ‘ठूला ठूला शहरहरु बढ्द ैजाँदा निजीकारहरुको चापलाई थेग्नै नसकिने हुन्छ ।

त्यसैले युवरले सडकमा हुने जाम घटाउने उपाय निकालेका ेहो । मेलवर्नको केन्दि«य व्यापारिक जिल्लाबाट विमानस्थल सम्मको १९ किलोमिटर लामो दूरी युवर एयर मार्फत करिव १० मिनेटमै तय हुनेछ तर कारबाट सो यात्रा तय गर्न कमितमा एक घन्टा लाग्नेछ ।’

युवरले अमेरिकी राष्ट्रिय अन्तरिक्ष उडयन निकाय ( नासा ) र अमेरिकी सेनासंग समन्वय गरी उड्ने ट्याकसीबारे काम गर्दैछ । साथै यसमा दुईवटा विमान निर्माण कम्पनी एम्वरार र पिपिस्ट्रेल एयरक्राफ्टले पनि साथ दिइरहेका छन् ।

गत वर्ष युवर कम्पनीले उड्ने ट्याक्सी विकासका लागि फ्रान्सको राजधानी पेरिसमा एउटा प्रयोगशाला खोलने घोषणा गरेको थियो । दुवईले सन् २०१७ मै पहिलोचोटि ड्रोन ट्याक्सी सर्भिसको परिक्षण भएको थियो । एयरबसले समेत उड्ने ट्याक्सी को परिक्षण गरिसकेको छ । बिद्युतिय शक्तिबाट चल्ने उडने ट्याक्सकिो गति कमितमा १ सय ८० किमि प्रतिघन्टा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्