नो अब्जेक्सन लेटर बन्द



काठमाडौं, (नेस)
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले सीपमूलक तालिमका लागि डिप्लोमा कोर्स पढ्न विदेश जाने विद्यार्थीको अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) बन्द गरेको छ ।

उक्त मन्त्रालयले मंगलबार साँझ सो निर्णय गर्दै सिधै विश्वविद्यालय जाने विद्यार्थीका लागि अनुमति मात्र दिने बताएको हो ।

विद्यार्थीले एकवर्षे, नौ महिने र ६ महिने कोर्सका लागि यस्तो पत्र लिने गरेका थिए ।

यस्तै यसअघि कक्षा १२ को परीक्षामा उच्च तथा विदेशी भाषा परीक्षणसम्बन्धी परीक्षा (आइएलटीएस)मा न्यून अंक ल्याएका विद्यार्थी डिप्लोमा कोर्समा भर्ना भई विदेश जाने गरेका थिए ।

उक्त कोर्सका लागि धेरै विद्यार्थी जापान, अष्ट्रेलिया जस्ता देश जाने गरेको पाइएको छ । शिक्षा विज्ञान तथा प्रविधमन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले विश्वविद्यालयमा भर्ना हुने पक्का भएको पत्र देखाउने विद्यार्थीलाई मात्र नो अव्जेक्सने पत्र दिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्