विप्लवका चार कार्यकर्ता रिहा



भद्रपुर ।
राज्य विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव समूहका चार कार्यकर्र्ता आज रिहा भएका छन् । रिहाइ हुनेमा ताप्लेजुङ मौवा खोला गाउँपालिका वडा नं १ हाल दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय विजय दर्नाल, बुद्धशान्ति गाउँपालिका–२ का ३८ वर्षीय गणेश विश्वकर्मा, ताप्लेजुङ फत्तालुङ गाउँपालिका–२ का ३० वर्षीय विदुर शेर्पा र सोही गापाका २८ वर्षीय फुर्वा शेर्पा रहेका छन् ।

उनीहरुले पार्टीको कुनै पनि जिम्मेवार तहमा रहेर अराजक गतिविधि नगर्ने र बाँकी जीवन स्वतन्त्ररुपले यापन गर्ने भनी जिल्ला प्रशासन कार्यालय झापामा दिएको निवेदनका आधारमा उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उनीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतको रोहबरमा रिहाइ गरिएको हो ।

रियालगत्तै उनीहरुले नेकपा९विप्लव० नेतृत्व समूह परित्याग गरेको विज्ञप्तिमार्फत घोषण गरेका । रिहाइ भएलगत्तै आजै उनीहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष पाठक, जिल्ला कमिटी सदस्य चन्द्रा श्रेष्ठ, असारु राजवंशी, मोहन विश्वकर्मा लगायतका नेताले अबिर र खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्