किशोरी हत्या अभियोगमा एक जना पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।
कर्तव्य ज्यान मुद्दाका एकजना फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले स्थानीय एक किशोरी सहनीको हत्यामा संलग्न भएको आरोपमा पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरी बस्ने २७ वर्षीय सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार राति वीरगन्ज महानगरपालिका १ छपकैया नजिकै नेपाल भारतको सीमा क्षेत्रमा लुकीछिपी बसेका सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रजा र स्थानीय ४० वर्षीय विनोद साहले मिलेर सहनीको हत्या गरेको दावी प्रहरीको छ ।२०७५ चैत १८ गते बिहान रामनगरी गाँउको पश्चिम दक्षिणस्थित हरेन्द्र गिरीको खेतमा नाक, कान र टाउकोमा चोट लागेको अवस्थामा सहनीको शव फेला परेको थियो । हत्याको कारण भने अझै खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मछिन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्