कजाकिस्तानका राष्ट्रपतिद्वारा सपथ



नुर सुल्तान ।
कासिम जोमार्ट टोकायेभले कजाकिस्तानको इतिहासमा दोस्रो राष्ट्रपतिको रुपमा बुधबार सपथग्रहण गर्नु भएको छ ।

प्रहरी र विदेशी पर्यवेक्षकको बाक्लो उपस्थितिमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको थियो । लामो समयदेखि शासन गर्दै आएका नुरसुल्तान नजरबायेभको स्थानमा टोकायेभ आउनु भएको हो ।

सपथग्रहण कार्यक्रममा ६६ वर्षीय टोकायेभले कजाकिस्तानको राष्ट्रिय झण्डालाई चुम्बन गरेको टेलिभिजनले प्रशारण गरेको छ । यस कार्यक्रमको अध्यक्षता ७८ वर्षीय पूर्वराष्ट्रपति नजरबायेभले गर्नु भएको थियो ।

त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति टोकायेभले साँचो मनले कजाकिस्तानका नागरिकको सेवा गर्ने, संविधान र कजाकिस्तानको कानुन पालन गर्ने, नागरिकहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने, जनताले आफूलाई सुम्पिएको कर्तव्य पूरा गर्ने बताउनुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्