सामुदायीक सहकारीकाे कमालः अब पाँचखालका जनताले ढुक्कले पानी खान पाउने



नेपाल समाचारपत्र, काभ्रे
पाँचखाल नगरपालिकाले आफ्ना नागरिकलाई सफा र स्वच्छ पानी सहज रुपमा उपलब्ध गराउन नगर विकास कोष र एशियाली विकास बैंकको लगानीमा २ अर्व २१ करोडको सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्पन्न गर्न लागेको छ ।

उक्त आयोजनामा जनताको तर्फबाट कुल योजनाको ५ प्रतिशत जनसहभागीता बापत प्रत्येक घरधुरीले १८ हजारका दरले जम्मा गर्नुपर्ने रकम संकलन कार्य तिब्र रुपमा भैरहेको छ । पाँचखाल नगरपालिका. भित्रका ६ हजार २ शय घरधुरीले उक्त रकम जम्मा गर्नुपर्नेछ । जसमध्य १ हजार ८ सय घरधुरीले जनसहभागीता बापतको रकम एकैपटक बुझाउन असमर्थ हुने देखिएपछि सामुदायीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उनीहरुलाई सहयोग गर्ने भएको हो ।

न्यूनतम ब्याजदरमा किस्ताबन्दीमा रकम भुक्तानी गर्ने गरी पाँचखाल नगरपालिकाले पनौती नगरपालिका ४, टौखालमा मुख्य कार्यालय रही पाँचखाल नगरपालिका वडा नं. ४, तामाघाटमा सेवा केन्द्र सञ्चालन गरी आफ्ना सदस्यहरुलाई सेवा पुरयाई रहेको एसियाली स्तरको एक्सेस सिल्भर ब्राण्ड प्राप्त सामुदायिक वचत तथा ऋण सहकारी संस्थासँग सम्झौता समेत भएको छ ।

‘अब पाँचखालका जनताले ढुक्कले पानी खान पाउने भए’

पाचखाल खानेपानी आयोजनाका अध्यक्ष कुमार लामिछानेका अनुसार सामुदायीक बचत तथा ऋण सहकारी संस्था संगको यो सम्झौताले यहाका न्युन आय भएका उपभोक्ता लाभान्वित भएका छन् । यो सम्झौताले जनसहभागीता बापतको रकम एकै पटक बुझाउन असमर्थ हुने न्यून आय भएका करिब १ हजार ८ शय घरधुरीका नगरवासीलाई खानेपानी उपलब्ध गराउन पनि सहज हुने उहा बताउनुहुन्छ ।
सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराका अनुसार आफ्ना शेयर सदस्यहरुलाई वचत तथा ऋणका सुविधा मात्र नभई, जनतालाई प्रत्यक्ष लाभहुने खालका कार्यक्रमहरुमा सामुदायिक साकोस सदैव अग्रसर हुँदै आएको बताउनु भएको छ ।


यस संस्थाले २०७२ सालको भुकम्प प्रभावित शेयर सदस्यहरुलाई अस्थाई वसोबास ब्यवस्थापनका लागि ६ प्रतिशत ब्याजदरमा प्रति घरधुरी १५ हजारका दरले ऋण प्रदान गरेको साथै पुर्नःनिर्माणका लागि प्रति घरधुरी १० लाखसम्म १० प्रतिशतमा ऋण उपलब्ध गराएको थियो । सहकारी सिद्धान्त अनुरुप समुदाय प्रति सामुदायिक साकोसको पनि उत्तरदायित्व रहने भएकोले समुदाय केन्द्रित कार्यक्रमहरुमा समेत अग्रसर हुँदै आएको भन्दै सामुदायिक साकोसका अध्यक्ष बञ्जारा भन्नुहुन्छ– ९ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदरमा १ वर्षभित्र किस्ताबन्दीमा भुक्तानी गर्ने गरी विनाधितो सुनकोशी पाँचखाल खानेपानी आयोजनामा जनसहभागीता जनाउने घरधुरीलाई सहुलियतमा ऋण उपलब्ध गराउने र उक्त ऋणमा कुनै पनि थप शुल्क नलिने गरी सामुदायिक साकोस र पाँचखाल नगरपालिका बिच सहमती गरेका छौं ।

“अब पाँचखालका जनताले ढुक्कले पानी खान पाउने भए,” पाँचखाल नगरपालिकाका मेयर महेश खरेल सुनाउँछन् । यस अघि पाँचखाल नगरपालिकाले उक्त क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुलाई सहुलियत दरमा लगानी गरिदिन आव्हान गरेकोमा सामुदायिक साकोसले अग्रसरता देखाई लगानी गर्न तयार भएकोमा सामुदायिक साकोस प्रति उहाले हार्दिक आभार समेत ब्यक्त गर्नुभयो ।

सम्झौता मंगलबार भएको हो । सुनकोशी पाँचखाल खानेपानी आयोजनाका अध्यक्ष कुमार लामिछाने, पाँचखाल नपाका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर भण्डारी, वडाध्यक्षहरु हरि खतिवडा र रामशरण दुलाल सामुदायिक साकोसका उपाध्यक्ष कुमार प्रसाद लामिछाने, सचिव मुकुन्द शर्मा, प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत र पाँचखाल सेवाकेन्द्र प्रमुख प्रज्वल ढकाल समेतको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सहकारीले सरकारको आयोजनामा सघाउन थालेपछि पाँचखाल नगरवासी मात्र हैन जिल्लावासी नै निकै उत्साहित भएका छन् ।

यस्ता छन सम्झौताका शर्तहरु
१. प्रथम पक्षले ऋणको लागि गरिदिएको सिफारिसको आधारमा स्थानीय घरधुरीलाई दोस्रो पक्षको संस्थाको सदस्यता प्रदान गर्ने नियमान’सार सदस्यता प्रदान गरी सहज रुपमा ऋण प्रवाह गर्ने दायित्व पूरा गर्न दोश्रो पक्ष मञ्जुर गर्दछ ।

२. दोश्रो पक्षले ऋण रकमको ब्याजदर वार्षिक ९.५५ प्रतिशत भन्दा बढी हुने गरी लिन पाउने छैन । ऋण दिनको लागि दोश्रो पक्षले शेयर सदस्यह?बाट सेवा शुल्क बापत क’नै पनि शुल्क लिनेछैन । त्यसबाहेकका अन्य कुनै पनि खर्चको बहानामा कुनै पनि शुल्क दोश्रो पक्षले प्रथम पक्ष वा यस करार बमोजिम ऋण लिएका ऋणीबाट असुल गर्न पाउने छैन, यसमा दोश्रो पक्ष मञ्जुर छ । यसबाहेक अन्य कुनै शुल्क दोश्रो पक्षले दाबी गरेमा करार भङ्ग गरेको मानिनेछ ।

३. यस करारको विषयको लागि लिइने ऋण रकम दोश्रो पक्षले ऋण लिने घरधुरी सदस्यको हातमा नगद नदिई ऋणी व्यक्तिको नाममा सोझै खानेपानी आयोजनाको खातामा दाखिल गर्नुपर्नेछ ।

४. करार बमोजिम ऋण प्रवाहको लागि दोश्रो पक्षले न्यूनतम बचत रकम सम्बन्धि कुनै पनि प्राबधान राख्न पाउने छैन ।

५. ऋण चुक्ता गर्ने समयावधि एक वर्षको हुनेछ । प्रथम पक्षले प्रकरण नं. १ बमोजिमको सिफारिसमा तोकिदिएको समयावधि भन्दा कम वा बढी हुने गरी दोश्रो पक्षले ऋण चुक्ता अवधि राख्न पाउने छैन । तर यस प्रकरणले ऋणीले समय अगाबै ऋण भ’क्तानी गर्न ल्याएमा बाधा पर्ने छैन ।

६. प्रथम पक्षको सिफारिस विना दोश्रो पक्षले सोही प्रयोजनको लागि कुनै व्यक्तिलाई ऋण प्रदान गरेकोमा यो करारको प्रावधान आकर्षित हुने छैन, आफ्नो सिफारिस विना दोश्रो पक्षले प्रवाह गर्ने ऋणको सम्बन्धमा प्रथम पक्षको कुनै दायित्व सृजना हुने छैन ।

७. यो करार सम्झौता भएपछि प्रथम पक्षले सिफारिस गरेको आधारमा दोश्रो पक्षले आवश्यक प्रक्रिया पूरा गरी ऋण रकम प्रवाह गर्नुपर्नेछ ।

८. ऋणीले किस्ताबन्दी रुपमा एक वर्ष भित्रमा ऋण रकम चुक्ता गनर्’पर्नेछ ।

९. ऋणीले तोकिएको समयमा ऋण चुक्ता नगरेमा उक्त रकम ऋणीबाट असूल गर्नुपर्ने प्रयास गरी वा कानूनी कारवाही चलाई असूल उपर गर्ने दायित्व दोश्रो पक्षको हुनेछ ।

१०. वृहत पाँचखाल खानेपानी आयोजना राष्ट्रकै गौरवको आयोजना भएको र सहकारी सिद्धान्त अन’?प सम’दाय प्रतिको चासो भित्र रही सामाजिक उत्तरदायित्व वहन गर्दै नियामक निकाय मध्ये एक प्रथम पक्षसँग सम्झौता गरी आयोजना सफल पार्न द’बै पक्षको क’नै स्वार्थ नरहेको तथा सहकारी ऐन २)७४ को दफा !२३ बमोजिम असल नियतले यो सम्झौता गर्न हामी द’वै पक्ष मञ्ज’र छौं ।

११. प्रकरण नं. ( बमोजिम ऋण रकमको सावाँ व्याज दोश्रो पक्षले असूल उपर गर्न नसकेमा मात्र जमानत सम्बन्धमा नगरपालिकाको दायित्व सृजना हुनेछ अर्थात बाँकी साँवा, ब्याज तथा जरिवाना रकम भ’क्तानी गर्ने जिम्मेवारी प्रथम पक्षको ह’नेछ यसमा दोश्रो पक्ष मञ्जुर छ ।

१२. प्रकरण नं. ! बमोजिम ऋण लगानी भएका ऋणी तथा सम’दाय प्रति लक्षित गरि आय आर्जन बृद्धि ह’ने खालका र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम द’वै पक्षको साझेदारीमा सञ्चालन गर्न द’वै पक्ष मञ्ज’र छ ।

१३. दोस्रो पक्षले सम’दाय प्रति देखाएको चासो र सह’लियत ब्याजदरमा ऋण प्रदान गरी पाँचखाल नगरपालिका भित्रको जनताको तर्फबाट आयोजना सफल पार्न गरेको योगदान स्व?प प्रथम पक्ष आयोजनामा दोस्रो पक्षको नाम उल्लेख गर्न सहमत छ ।

१४. दुबै पक्षको आपसी सहमतिमा यस करारको शर्त र अवधि थप घट गर्न सकिनेछ ।

१५. द’बै पक्षको आपसी सहमतिमा प्रथम पक्षले यसै वृहत पाँचखाल खानेपानी आयोजनामा जनताको तर्फबाट लगानी गनर्’पर्ने रकमको विषयमा बैंक तथा वित्तीय संस्था एवं अन्य सहकारी संस्थाह?सँग सम्झौता गर्नेछैन ।

१६. उल्लेखित शर्तहरु यस करारका कुनै पक्षले पालना नगरेको कारणले अर्को पक्षलाई कुनै हानी नोक्सानी तथा क्षति हुन गएमा हानी पुर्याउने पक्षबाट हानी नोक्सानी भएको पक्षले कानून बमोजिमको प्रक्रिया अवलम्वन गरी असुल उपर गरी लिन पाउनेछ ।

१७. यस करारनामामा लेखिएका कुराहरु यसै करारनामा बमोजिम हुनेछन् अन्य कुराहरुको हकमा मुलुकी देवानी संहिता, २०७४ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्