एसईई सुन्दरीले देखाए प्रतिभा



स्टार वान इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी शनिबार राजधानी हुने मिस टिन एसईई २०१९ का प्रतिस्पर्धीहरूले आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन्।

पा“चौं संस्करणको मिस टिन एसईईका स्पर्धीहरूले प्रतियोगिताअन्तर्गतको ट्यालेन्ट शोमा प्रतिभा प्रदर्शन गरेका हुन्। प्रतिस्पर्धी सुन्दरीहरूले अभिनय, नृत्य, गायन, चित्रकला, वक्तृत्वकला, कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए। आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार यो ट्यालेन्ट शोबाट मिस ट्यालेन्टलगायत अन्य उपउपाधि विजेता चयन गरिनेछ र यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिनेछ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघर हुने प्रतियोगितामा सिम्रन शाही ठकुरी, समिका काफ्ले, कशिस जैसवाल, प्रीति गिरी, अस्मिता श्रेष्ठ, कृतिका केसी, जस्मिन सुनार, कृस्टिलिना स्थापित, बबिना खड्का, अनुष्का घिमिरे, अभिना केसी, अञ्जु श्रेष्ठ, प्रियस्का खड्का, सुविधा अधिकारी, कृपा गुरुङ, सरिता रुवाली, कृतिका श्रेष्ठ, युनिका बस्नेत, युनिसा पुन, श्रुति पौडेल, स्वीकृति पराजुली, कृति सिंखडा, सोफिया प्रसाईं, सिम्रन देव, सेलिना जोशी र लिना तामाङले प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगीले हाल नया“ बानेश्वरस्थित होटल रानी महलमा विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण लिइरहेका छन्। प्रतियोगिता बालकृष्ण पोखरेलको पेजेन्ट निर्देशन, सम्राटप्रसाद शाहको संयोजन र अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफीमा सम्पन्न हुनेछ। ट्यालेन्ट शोमा फिल्म निर्देशक राजु अधिकारी, कोरियोग्राफर लिगेश लीलाधर भट्टराई र अभिनेतृ कस्मता निरौला निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्