जाम्न माया जाम सार्वजनिक



आगामी भदौ १३ गतेदेखि अल नेपाल रिलिज हुने फिल्म मारुनीको गीत राजधानीमा आयोजित एक समारोहबीच मंगलबार सार्वजनिक गरिएको छ।

जाम्न माया जाम बोलको यो डान्सिङ नम्बर डान्स क्लबमा छायांकन गरिएको छ। दीपक बज्रचार्यको स्वर र संगीत रहेको गीतमा रिक्की शाक्यको शब्द छ। गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहको साथमा सय बढी कोरसलाई फिचरिङ गरिएको छ। गीतको भिडियो प्रवीण सिंहले कोरियोग्राफी गरेका छन्। नायक पुष्प र नायिका साम्राज्ञीको डान्स आकर्षक छ।

गीतको भिडियो सार्वजनिक भएपछि नायिका साम्राज्ञी शाहले मारुनीका केही दृश्य गर्दा आफूलाई डर लागेको बताइन्। ‘मैले यस्तो खालको डान्स यसअगाडि गरेको थिइन“। रोमान्टिक गीत मात्र गरेकाले पनि यसमा डान्स गर्दा लाज लाग्यो’, साम्राज्ञीले भनिन्– ‘कतिपय दृश्य गर्दा मलाई डर पनि लागेको थियो।’

उनले आफ्नो जोडी नायक पुष्प खड्काको प्रशंसासमेत गरिन्। ‘स“गै काम गर्ने अर्को कलाकारको अभिनय पनि उत्कृष्ट हु“दा रमाइलो हुन्छ’, साम्राज्ञीको भनाइ थियो– ‘पुष्पमा त्यो क्षमता छ।’ नायक पुष्प खड्काले गीतको भिडियोमा फरक काम गर्ने कोशिस गरेको बताए। ‘म पहिलेदेखि नै बलिउडका गीत हेरिरहन्थें। उनीहरूको फरक खालको डान्स मुभ आफूले पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। यो गीतको भिडियोमा मैले सानो भए पनि त्यो कोशिस गर्न पाएको छुु।’ –पुष्पको भनाइ थियो। गायक दीपक बज्रचार्यले भिडियोले आफ्नो गीतलाई अर्कै ज्यान दिएको बताए।

निर्देशक नवल नेपालले मारुनीबाट दर्शकलाई सन्तुष्ट बनाउने प्रयास गरेको बताए। ‘मलाई थोरै मीठो भए पनि पुग्थ्यो। मेरो टिमलाई धेरै मीठो चाहिएको थियो। यसैले, फिल्मलाई दर्शकको मन पर्नेअनुसार बनाउन खोजेको छु।’ –नवलले भने। निर्मात्री पुनम गौतमले मारुनी फरक स्वादको फिल्म भएको दाबी गरिन्। पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म राजा प्रधान, दर्शना केसी र मीना क्षत्रीको सहलगानी निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्