एमक्यूएम पार्टीका स्वनिर्वासित नेता हुस्सेन पक्राउ



इस्लामावाद,(एजेन्सी)
पाकिस्तानका ठूला राजनीतिक पार्टीहरु मध्ये एक एमक्युएम पार्टीका स्व–निर्वासित संस्थापक नेता अतलाफ हुस्सेनलाई मंगलवार संयुक्त अधिराज्यमा गिरफतार गरिएको उनका प्रवक्ताले जानकारी दिएका छन् । तर वेलायतको महानगरिय प्रहरीले भने आफ्नो एमक्युएम पार्टीकोबारे भाषण दिएको सिलसिलामा अनुसनधान गर्नेक्रममा करिव साठी वर्षिय एक पुरुषलाई पक्राउ गरिएको मात्र पुष्टि गरेको छ ।

नब्बेको दशकमा राजनीतिक शरणका लागि पहल गरेका ६५ वर्षिय हुस्सेनलाई पछि वेलायतको नागरिकता प्रदान गरिएको थियो । एमक्युएमबाट छुटिए पनि उनको अझै सम्म सो पार्टीमा ठूलो प्रभाब रहेको छ । एमक्युएमको प्रमुख अखडा पाकिस्तानी शहर कराँचीमा रहेको छ ।

उनका प्रवक्ता कासिम राजाले विविसि समक्ष उनको गिरफतारीलाई पुष्टि गरेका छन् । ठूलो संख्यामा रहेका मुश्लिम मूलका उर्दुभाषी श्रमिकवर्ग मुजाहिरको समर्थन गरेका कारण तीन दशक सम्म मुत्तिहिदा काउमी मुभमेन्ट ( एमक्युएम ) को कराँचीको राजनीतिमा हालीमुहाली रहेको थियो ।
सन् १९४७ मा पाकिस्तान जन्मदा मुजाहिरहरु भारतबाट आप्रवासीको रुपमा आएका थिए । लन्डनमा स्वनिर्वासित जीवन बिताइरहेता पनि हुस्सेनले टेलिफोन मार्फत पाकिस्तान स्थित आफ्नो एमक्युएम पार्टीका समर्थकहरुलाई सम्बोधन गर्दै आएका थिए ।

पाकिस्तानी सरकारी निकायहरुले पटकपटक उनी विरुद्ध कारवाहीका लागि गरेका मागलाई उनका समर्थकहरुले थामथुम गर्दै आएका थिए । हुस्सनेलाई उत्तर पश्चिमी लन्डनमा सन् २००७ को गम्भीर अपराध कानुनको धारा ४४ अन्तर्गत अपराधलाई प्रोत्साहित हुने किसिमले भाषण दिएको आशंकामा गिरफतार गरिएको हो । हाल उनलाई हिरासतमा राखिएको छ ।

अनुसन्धानको सिलसिलामा महानगरिय प्रहरीको प्रतिआतंकवाद कमान्डले दुईवटा घरको खानतलाशी लिने काम भइरहेको वेलायतको संचार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्