एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता



नेपाल क्रेडिट एन्ड कमर्स बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण सम्झौता भएको छ ।

सम्झौताअनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फंत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट बैंकका ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो । एनसीसी बैंकले आफ्ना १२० वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएम सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्