विश्वकपमा तेस्रो खेल रद्द



लन्डन, (एजेन्सी)
इंग्ल्यान्डमा जारी क्रिकेट विश्वकपमा वर्षाको कारण तेस्रो पटक खेल रद्द भएको छ । मंगलबार बंगलादेश र श्रीलंकाबीचको खेल वर्षाले गर्दा हुन सकेन । यसअघि प्रतियोगितामा श्रीलंका र पाकिस्तान तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचका खेलहरु पनि वर्षाले नै बिथोलेको थियो । तर श्रीलंका भने दुई खेलमा खेल्न नपाएपछि ४ खेलबाट ४ अंकमा रहेको छ । त्यस्तै बंगलादेशले ४ खेलमा ३ अंक जोडेको छ ।

यो विश्वकपमा ३ खेल रद्द भएर सर्वाधिक संख्यामा खेल नभएको कीर्तिमान बनेको छ । यसअघि सन् १९९२ मा र सन् २००३ मा २÷२ वटा खेल रद्द गरिएका थिए । समूहमा रिजर्भ दिन नराखिएकोले खेललाई अर्को दिन नगर्ने प्रावधान रहेको छ । तर सेमिफाइनल र फाइनल खेलका लागि भने रिजर्भ दिन राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्