महासेठलाई बोझ भयो जेठ



यातायात मन्त्री रघुविर महासेठ र जेठको अन्योन्याश्रित सम्बन्ध जोडिएको छ । अर्थात् उनका लागि जेठ महिना अब सँधै विशेष हुने भा’छ । पुलको शिल्यान्यास गर्न गण्डकी प्रदेश पुग्या महासेठलाई जेठ अनि स्याङ्जाले सँधै झकझक्याउने भा’छ । सोमबार पुल शिल्यान्यास गर्दा दङ्ग, मख्ख अनि फुरुङ देखिएका उनको उत्साह धेरै लामो रहेन ।

आफै सवार झन्डावाल गाडी स्याङजाको अर्जुन चौपारी–३ घट्टे दरौ खोलामा पौडिन लम्किएसी उनको अनुहारको चमक क्षणभरमै उड्यो । सुरक्षाकर्मीले जसोतसो किनारामा पु¥याएसी महासेठ अर्कै गाडी चढेर गन्तव्यतर्फ हुईकिएको धरहराबाट प्रष्टै देखियो । उनी परे विशेष अनि भयो तत्काल उद्धार, अनि बन्यो समाचार ।


देशका अधिकांश भेगमा यस्ता घटना कति दोहोरिन्छन् कति । पुल पुलेसाको अभावमा कतिले अकालमै ज्यान गुमाएका घटना अब मन्त्री सेठले चाहिँ पक्कै बिर्सन्न्, उनका दौतरीले भने कहिले सम्झने हुन् कुन्नी ? अनि महासेठले शिल्यान्यास ग¥या पुल पनि उही पप्पु कन्सट्रक्सनले नै बनाउने हो कि ?

प्रतिक्रिया दिनुहोस्