तास खेलिरहेका पाँच जना पक्राउ



रामधन राई, खोटाङ ।
खोटाङको दिक्तेलबजारमा तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । दिक्तेलबजारको रत्नपार्कस्थित चन्द्रबहादुर खत्रीको घरमा तास खेलिरहेको अवस्थामा २४ हजार ३ सय ५७ रुपैयाँ पैसा र तास सहित पक्राउ परेका हुन् ।

तास खेलिरहेको सूचनाका आधारमा दिक्तेलबजारका विनोद उदास, निर्मलीडाँडाका दिपक कट्वाल, मनी बुढाथोकी, च्यास्मिटारका भीम राई र गणेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिनुभयो ।

सोमबार पक्राउ परेका पाँच जनालाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा म्यान थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्