विद्यालयको शौचालय भत्किँदा चार बालबालिकाको मृत्यु



किरन धामी, दार्चुला ।
दार्चुलामा सौचालयको सेप्टी ट्यांकीमा खसेर ४ बालबालिकाको घट्ना स्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरिक्षक हिक्मत बोहराका अनुसार जिल्लाको नौगाड गाउपालिका वडा ४ सिप्टी स्थित गणेश विनायक माविको सौचालयको सेप्टी ट्यांकीमा खसेर ति बालबालिकाको ज्यान गएको हो ।

मंगलबार ४ बजे तिर विद्यालयको चौरमा खेली रहेको अवस्थामा नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी बस्ने माने ठगुन्नाको ७ वर्षिय छोरी निरुता ठगुन्ना, सोही ठाउँ बस्ने कृष्ण धामीकी १० वर्षिय छोरी अनुष्का धामी, मानसिंह ठगुन्नाकी ५ वर्षिय छोरी युनिका ठगुन्ना र सोही बस्ने जनक सिंह धामीको ८ वर्षिय छोरा सुदिश धामी सौचालयको टंकीमा खसेर घट्ना स्थलमै मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

घट्ना बारे थप अनुसन्धानका लागी प्रहरी चौकी सिप्टी र ईलाका प्रहरी चौकी गोकुलेश्वरबाट प्रहरीको टोली घट्ना स्थल तर्फ खटिएको उहाले जानकारी दिनुभयो । प्रहरीको टोलीले सौचालयको सेप्टी टंकीबाट बालबालिका शव निकाली सकेको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्