बजेट नपरेको भन्दै सांसद रावलद्धारा चार मिनेट मौनधारण



गंगा बराल, काठमाडौ ।
आफ्नो क्षेत्रमा वजेट नपरेको भन्दै प्रतिनिधिसभाका कैलाली–२ बाट निर्वाचित नेकपा सांसद झपटबहादुर रावलले संसद बैठकमा नै ४ मिनेट मौनधारण गर्नुभएको छ ।

आजको बैठकमा अर्थ, शहरी बिकास र यूवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका विभिन्न शिर्षकहरुमाथि छलफल गर्ने कार्यक्रम थियो । ‘मलाई हेपियो, वजेट पारिएन अनि संसदमै विरोध जनाएको हुँ’ रावलले भन्नुभयो ‘ निकै नै हेपियो, जिल्लामा धेरै समस्या छन् सरकारले सुन्दै सुनेन, त्यसरी विरोध गर्नुको विकल्पै रहेन ।’ उहाँले कैलालीमा बादी समुदाय भएको, मुक्त कमैयाको समस्या पनि यथावत रहेपनि सरकारले चासो नदेखाएको आरोप लगाउनुभयो । ६ मिनेट बोल्न दिएकोमा उहाँले बाँकी २ मिनेट मात्र बोल्नुभएको थियो ।
आजको बैठकको विषयमा परेका शहरी बिकास र यूवा तथा खेलकुद मन्त्रालयले आफ्नो क्षेत्रलाई वजेट नछुट्याएको उहाँको भनाई छ । ‘अरु मन्त्रालयप्रति मेरो त्यत्रो गुनासो छैन तर आज परेका मन्त्रालयप्रति मलाई दुःख लागेको छ’ रावलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्