पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारी गिरफ्तार



इस्लामावाद,(एजेन्सी)
पाकिस्तानका पुर्व राष्ट्रपति आसिफ अली जर्दारीलाई मुद«ा अपचलनको आरोपमा सोमवार प्रहरीले राजधानी इस्लामावादबाट पक्राउ गरेको छ । पाकिस्तानको एक उच्च अदालतले जदार्री र उनकी बहिनीलाई पक्राउ अघिको जमानतको म्याद थप्न अस्विकार गर्नासाथ तिनीहरुलाई गिरफतार गरिएको थियो ।

तिनीहरु माथि नक्कली खाताहरुमा अवैध रकम लुकाएको अभियोग लगाइएको छ । वगितमा पनि भ्रष्टाचारको अभियोगमा जेल जीवन बिताइसकेका जर्दारी सन् २००८ देखि २०१घ सम्म राष्ट्रपति बनेका थिए ।

आफ्नी पत्नी तथा पुर्व प्रधानमन्त्री बेनजिर भुटोको हत्या भएपछि जर्दारी राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पाकिस्तान स्थित विविसिका पत्रकार सिकन्दर केर्मानीले पाकिस्तानी राजनीतिक वृत्तमा लामो समयदेखि जर्दारीको व्यक्तित्व विवादास्पद रहँदै आएको बताएका छन् ।

सरकारी सम्झौता उपलब्ध गराइदिनका लागि कमिसन लिने गरेको कारण उनी ‘ मिस्टर टेन पर्सेन्ट ’ को उपनामले समेत कुख्यात रहेका छन । उनी न्ब्बेको दशक देखि सन् २००० सम्म कारागारमा थुनिएका थिए ।

तर पछि आएर अदालतले उनलाई बिभिन्न अभियोगबाट सफाइ दिएको थियो । पछिल्लो नक्कली बैंक खाता सम्बन्धी अभियोग पनि उनले ठाडै अस्विकार गर्दै आएका छन् । पाकिस्तानी संचार माध्यमहरुका फुटेजमा इस्लामावाद उच्च अदालतले निर्णय दिए लगत्तै राष्ट्रिय अख्तियार आयोग ( एनएबि ) कर्मचारीहरु उनको निवासमा प्रवेश गरेको देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्